३० जेठ २०८३, शनिबार

नाटकले वर्तमान र भविष्य देखाउँछः प्रधानमन्त्री

फागुन १३, २०७५
नाटकले वर्तमान र भविष्य देखाउँछः प्रधानमन्त्री

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ । 
अन्तर्राष्ट्रिय नाटक महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।।” 
सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउँदै उहाँले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो , 
उहाँले भन्नुभयो, “नेपालमा नाटकको भविष्य राम्रो छ । चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा वा दर्शकको क्षेत्रमा पनि यसको भविष्य राम्रो छ ।” 
कार्यक्रममा प्रधानमन्त्री ओलीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीसहित १२ स्रष्टालाई सम्मानका साथै जोशीले लेखेको ¬‘सुनकेसरी’ पुस्तकको विमोचन गर्नुभएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्