
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्रीले अन्य मृतकप्रति पनि श्रद्धाञ्जलि अर्पण गरे । यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि श्रद्धाञ्जलि दिए ।