×

NMB BANK
NIC ASIA

रगतमा कालोबजारी : प्रतिपिन्ट ८ सय पर्ने रगतलाई २५ सय

फागुन २२, २०७५

NTC
Premier Steels

विराटनगर- मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगत पछिल्लो समय विराटनगरमा कालोबजारी भएको पाईएको छ । विराटनगरमा खुलेआम रगतको कालोबजारी भएको भेटिएको हो । विराटनगरका निजी तथा सरकारी अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका केही व्यक्तिहरूले रक्तसंचार केन्द्रबाट रगत ल्याएर महँगोमा बिक्री गर्ने गरेको पाईएको हो ।

Muktinath Bank

विराटनगरको रक्तसंचार केन्द्रमा विभिन्न समयमा बढी रकम लिने गरेको गुनासाहरु आउने गरेको भएपनि नोबेल अस्पतालको रक्तसंचार केन्द्रबाट भने रगतको अवैध कालोबजारी हुने गरेको पाईएको छ । नोबेल अस्पताल बाहिर रहेका केही फार्मेसीले बिरामीका आफन्तसँग रगत कालोबजारीमा बेच्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको नोबेल अस्पताल बाहिर रहेको छिन्नमस्ता फार्मेसीका कर्मचारीले बिरामीका आफन्तबाट रगत उपलब्ध गराएबापत मोटो रकम असुली गरेको पाईएको छ । ब्लड बैंकले फ्रेस ब्लड प्रतिपिन्ट ८ सय १० मा बेच्दै आएको छ तर बिरामीका आफन्तबाट दलालहरुले २ हजारदेखि ३ हजारसम्म बेच्ने गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

रगतमा चलखेल

Vianet communication

भारतको फारविसगंजबाट आएकी असोकी देवीले एक साताअघि किड्नी उपचारका लागि आफ्नो छोरालाई  नोबेल अस्पताल ल्याएकी थिईन् । छोरालाई बी–पोजिटिभ रगत चाहिएको थियो तर नोबेल अस्पतालभित्र रहेको ब्लड बैंकमा उक्त ब्लड सकिएको बताईयो । उनी रगतको खोजीमा जुटिन् । तर उनले लामो समयसम्म पनि रगत पाउन सकिनन् ।

असोकी देवी लामो समयसम्म भौँतारिँदै थिईन् । त्यही क्रममा उनले नोबेल अस्पतालबाहिर रहेको छिन्नमस्ता फार्मेसीका हरिश चनसँग रगत खोजीदिन आग्रह गरिन् । फार्मेसीमा कार्यररत हरिशले रगत उपलब्ध गराए वापत २५ सयको बागर्नेनिङ गरे ।

रगत पाउन नसकेर भौंतारिइरहेकी असोकी पनि २५ सय दिन तयार भईन् । तर उनले त्यही रगत ३ दिन अगाडि ८ सय १० रुपैयाँमा किनेकी थिईन् । उनीहरुबीच रगतको मोलमोलाई भईरहेको बेला त्यहाँ रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लडका केही प्रतिनिधि पुगे ।

त्यहाँ रगतको मुल्य बार्गेनिङ हुँदैछ भन्ने थाहै थिएन । बिरामीका आफन्तबाट २५ सय रुपैयाँ लिएर रगत बेचेको भेटियो । लाहान घर भई विराटनगरमा बस्दै आएका २२ बर्षिय हरिश चनले २५ सय रुपैयाँमा रगतको मोलमोलाई गरेका थिए । उनलाई तत्काल नोबेल अस्पतालभित्र रहेको प्रहरीले नियन्त्रणमा लिएर अब उप्रान्त त्यस्तो नगर्ने र विरामीको औषधी खर्चमा २० प्रतिशत छुट गर्ने भनेर विरामीका आफन्तसँग सहमति गराएको थियो ।

रगतको बढी किनबेच हुनुले मानवीयताको बिषय गम्भीर बनेको छ । सरकारले तीन दशकअघि २०३८ सालमै मानवको रगत किनबेचमा प्रतिबन्ध लगाएको थियो । क्षेत्रीय रक्तसंचार केन्द्र विरटनगरले रगतको परीक्षणबापत ८ सय १० रुपैयाँ मात्र लिने गरेको क्षेत्रीय रक्तसंचार केन्द्र विराटनगरका प्राविधिक ईन्चार्ज शिवानन्द यादवले बताए ।

विराटनगरमा हरेक दिन भइरहने रक्तदान कार्यक्रममा संकलित रगत सिमित दलालले खरिद गरी बेच्ने गरेको हो की भन्ने यो घटनाले देखाएको छ । नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित रक्तसंचार केन्द्रबाट नै कतै रगतको कारोबार त हुने गरेको छैन भन्ने असंख्य आशंका उब्जाएको छ । नेपाल रेडक्रस सोसाईटी विराटनगरका सभापति सुबोध सिंहले कुनै त्यसरी कारोबार भएको पाईए त्यस्ता व्यक्तिलिई कारवाही गर्ने बताए ।

सभापति सिंहले अहिलेसम्म यस्तो नसुनिएको दावी गर्दै रगतको नाममा कारोबार गर्न समेत नमिल्ने बताए । यदि त्यस्तो भएको पाइए कानूनअनुसार कारवाही गरिने उल्लेख गरे । विराटनगरमा रगतको सेवाभन्दा पनि व्यापार बढेको छ ।

समस्यामा परेका बिरामीका आफन्तलाई रगत दिएर सहयोग गर्नुपर्ने मानवीयताका कुरा केही फार्मेसीले भुलेका छन् । एउटा गिरोहको रुपमा अस्पतालमा आएका सेवाग्राहीलाई लुट्ने परिपाटीको विकास भएको देखिएको छ ।

यसरी खुलेआम मानव जीवनसँग जोडिएको रगतको कालोबजारी गर्ने दलालहरुलाई कारवाही कतैबाट पनि भएको छैन । पक्राउ परेका व्यक्तिलाई समेत कारवाही नगरी छाडिनुले प्रहरीको समेत संलग्नता भएको हो कि भनेर बिरामीका आफन्तले आशंका गर्न थालेका छन् । यस्ता विषयमा प्रहरीले तत्काल पक्राउ गरी कानूनी कारवाही गरेर बिरामी तथा उनका आफन्तलाई ठगी हुनबाट बचाउन सहयोग गरे बिरामीका आफन्तले राहत पाउने थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x