×

NMB BANK
NIC ASIA

जनकपुर -प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मूलधारको राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टीलाई उपेक्षा गरेर विखण्डनबादी शक्तिलाई प्राथामिकता दिएका छन् । सरकारलाई समर्थन दिएको राजपालाई प्राथामिकता नदिएपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता समेत लिईसकेको अवस्थामा राजपालाई नै काउन्टर दिनका लागि सीके राउतलाई बढी महत्व दिएको राजपाको बुझाइ छ ।

Muktinath Bank

राजपाका निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सहितको फैसला सुनाएपछि राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री ओलीले हामीलाई भेट्न समय नदिएपछि बाध्य भएर समर्थन फिर्ता लिएको राजपाका शीर्ष नेताहरुले बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसकै भोलिपल्ट स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई सर्वोच्च अदालतको आदेशबाट रिहा गरिएको थियो । राउत रिहा भएकै  दिन राति बालुवाटारमा प्रधानमन्त्री निवासमा वार्ता गर्दै सहमतिको  मस्यौदा तयार गरिनुले पनि  राउतलाई आवश्यकता भन्दा बढी महत्व दिएको प्रष्ट भएको छ । राजपा र फोरमले उठाउँदै आएको संविधान संशोधनको मुद्दालाई सरकारले किनारा लगाउने प्रयास गरेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

‘हिजोसम्म देश विभाजनको मुद्दा लिएर मधेशमा आफ्नो अभियान चलाउदै आएका राउतले उक्त मुद्दा परित्याग गर्दै मूलधारको राजनीतिमा आएकोमा स्वागत गर्दछौं,’ राजपा नेपालका महासचिव केशव झाले भने, ‘देशको संविधान, राष्ट्रिय अखण्डता, नियम कानुन अनुरुप मूलधारको राजनीति गर्नु सकारात्मक पक्ष हो ।’

Vianet communication

राउतले २०६८ सालदेखि अभियान चलाउने तयारी गरेको भए पनि मुख्यतया २०७१ सालदेखि औपचारिक रुपमा नै घोषणा गरेर देश विखण्डनको अभियान चलाउँदै आएका थिए । उनको त्यस अभियानले मधेशलाई धेरै ठूलो क्षति पुगेको थियो । ‘राउतकै कारण सबै मधेशी जनतालाई काठमाडौंले बिखण्डनकारीको आरोप लगाउने गर्दथे,’ झाले थपे, ‘राजपाले वा फोरमले गरेको आन्दोलनलाई राउतकै कारण देश टुक्र्याउने आन्दोलन भएको आरोप लाग्ने गर्थ्यो ।’ अब राउतको मूलधारको राजनीतिमा प्रवेश हुनाले राजपाले आगामी दिनमा आन्दोलन गर्दा झन् सहज हुने उनको आंकलन छ । त्यस्ता आरोप अब काठमाडौंले लगाउन नसक्ने  भएपछि आन्दोलनले आफ्नो गन्तव्य पनि सहजै प्राप्त गर्न सक्ने उनले बताए ।

पछिल्लो प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा राउतले 'कोठ्ली बाहर मतदान'को अभियान चलाएका थिए । खास गरेर त्यस अभियानका कारण धेरै मतदाता भ्रमित भएर कोठ्ली बाहिर मतदान गरेका थिए । मधेशमा मधेशकेन्द्रित दल राजपा र फोरमको गठबन्धनको बदर गर्न लगाएर नेकपा र नेपाली कांग्रेसलाई मदत गरेको हुनाले पनि राउत राज्यकै लागि विगतमा पनि काम गर्दै आएको मधेशी जनताको सन्देह अहिले आएर  झन् पुष्टि भएको झाको निष्कर्ष छ ।

राउतले अहिले आएर जनमतमा जसरी विश्वास देखाएका छन्, पछिल्लो चुनावमा मधेशी मतदाताको मतको अपव्याख्या गरेर मधेशी जनताको भावनासँग खेलवाड गरेकोले राउत राज्यबाट नै परिचालित एक गोटी थिए भन्ने कुरा प्रष्ट भएको झा बताउँछन् ।

राउतलाई मूलधारमा ल्याउँदा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राउतलाई देखाएर स्वार्थको रोटी सक्नेहरु थुप्रै थिए, अब ती सबैका दोकान बन्द हुनेछन् ।’ त्यसको अर्थ राजपा र फोरमले राउतलाई देखाएर राज्यसँग सौदाबाजी गर्दै आएको र आ-आफ्नो स्वार्थ पुरा गर्दै आएको प्रष्ट हुन्छ । ‘प्रधानमन्त्रीले त्यसो भन्नु उहाँको हार मानसिकताको उपज  हो,’ राजपा महासचिव झाले भने, ‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँमा देखिएको डर त्रासका कारण त्यस्तो अभिव्यक्ति दिनु भयो ।’ बरु राजपालाई नै राउतको नाम देखाएर प्रधानमन्त्री ओलीले सधैं आफ्नो स्वार्थको रोटी सेक्दै आएको झा आरोप लगाउँछन् ।

‘मधेश आन्दोलनका क्रममा लगाईएका झुठा मुद्दा फिर्ता गर्नु पर्ने, जेलमा थुनामा रहेका आन्दोलनकारीलाई नि:शर्त रिहा गर्नु पर्ने हाम्रो मागलाई नसुनेर देश विखण्डन गर्न चाहनेको मागलाई तत्काल पूरा गर्नुले पनि प्रधानमन्त्री आफैंले विखण्डनकारीलाई बढावा दिएको अन्तर्राष्ट्रिय निकायले पनि बुझिसक्यो,’ झाले भने, ‘राजपालाई नजरअन्दाज गरेर राउतलाई बढावा दिनु पछाडिको रहस्य जनताले पनि बुझीसके ।’

अब केही दिनमै राष्ट्रिय आन्दोलन गरेर संविधान संशोधनका लागि राजपा अगाडी बढ्ने महासचिव झाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x