टोयोटाको ६ दिने ‘रस टू मुस्ताङ’ नामक मुस्ताङ यात्रा पूरा

फागुन २९, २०७५

काठमाडौं – टोयोटाले आफ्ना ग्राहकको लागि सदैव विश्वसनीय र मजबुत सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

टोयोटाको नयाँ एसयूभी ‘रसमा पनि कम्पनीले उही विरासतलाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT

हरेक प्रकारको सडकमा यसको प्रदर्शन शानदार रहेको छ । ७ वटा रसएसयूभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ यात्राले यो कुरालाई थप प्रमाणित गरेको छ ।

फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङसम्मको यात्रा पूरा गरिएको थियो । फागुण २० देखि काठमाडौंबाट शुरू भएको यात्रा फागुण २६ गते पोखरामा आइसकेको थियो । टोयोटाको नयाँ एसयूभी रसले खराब पहाडी सडक कुनै समस्या र रोकावट विना आफ्नो यात्रा पूरा गरेको छ ।

टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिन्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीको संयुक्त सहभागितामा यात्रा सफलतापूर्वक सम्पन्न भएको छ ।

रस टू मुस्ताङमा सहभागी टोलीले टोयोटाको पोखरास्थित डिलर अटो ओयज प्रालिको शोरुमबाट पुनः र्यालीको आयोजना गरेको थियो । र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकको उल्लेख्य सहभागिता रहेको थियो । र्याली आयोजना पश्चात् १५ टोयोटा रश गाडीको सोरुम बुकिङ पनि हुन पुग्यो ।

भीओआईटीएचको एक डिभिजन युनाइटेड ट्रेड सिन्डिकेट टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता हो । नेपालमा टोयोटाले आफ्नो ५० वर्ष पूरा गरिसकेको छ । गुणस्तर, प्रदर्शन र कम्फोर्टमा टोयोटा अद्वितीय रहेको छ ।

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार