×

NMB BANK
NIC ASIA

ब्रेथलाइजर बिग्रियाे : आँखा र शरीरकाे चाल हेरेर मापसे जाँच

चैत ४, २०७५

NTC
Premier Steels

डोटी-  मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो ।

Muktinath Bank

ब्रेथलाइजरको अभाबमा ट्राफिक प्रहरी सवारी चालकको मुख सुघेर मादकपर्दाथ सेवन गरे नगरेको पत्ता लगाउन बाध्य छन् । दिपायल जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको मुख सुघने विषयमा कहिलेकाहीँ त ठूलै विवाद हुने गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धामीले जिल्लाभर एकमात्र ब्रेथलाइजर भएको र त्यो पनि बिग्रेर मर्मतका लागि कैलाली पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा मात्रै मेशिन थियो, त्यो पनि बिग्रेकाले मर्मतका लागि पठाएकाछौँ, बनेर फिर्ता नआएकाले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखामा हेरेर र शारीरिक अवस्थाबाट पत्ता लगाउनु पर्ने अवस्था रहेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी केदार रजौरेले बिग्रेका ब्रेथलाइजर उपकरण मर्मतका लागि केन्द्रीय कार्यालय पठाएकामा हालसम्म फिर्ता नआएको बताउनुभयो । उक्त कार्यालयको जिन्सी शाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीमा एक, कञ्चनपुरमा एक र अत्तरिया दुईबाहेक अन्य सात जिल्लाका कुनै पनि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर छैन । 

ब्रेथलाइजरको अभाव भएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर किनिदिन स्थानीय तहसँग माग गरेका छन् । सो उपकरण रू २८ हजारसम्म रकम पर्ने र ट्राफिक प्रहरीसँग बजेट नभएकाले किन्न नसकेको बताइएको छ । कञ्चनपुरमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाउने बढ्न थालेपछि त्यहाँ रहेको जिल्ला ट्राफिक प्रहरीको आग्रहका स्थानीय भिमदत्त नगरपालिकाले हालै एउटै ब्रेथलाइजर किनिदिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ । 

प्राय खैनी गुट्खा खाएका चालकलाई जाँच गर्दा उनीहरुले खाएको खैनी, गुट्खा ब्रेथलाइजरभित्र पर्ने भएका कारण बढी छिटो बिग्रिने गरेको ट्राफिक प्रहरीको गुनासो छ । कैलालीको अत्तरियादेखि डोटीको सिलगढीसम्म ट्राफिक प्रहरीका सात वटा जाँच पोष्ट भए पनि कुनै पनि पोष्टमा ब्रेथलाइजर नभएकाले ट्राफिक प्रहरीलाई चालकले कति प्रतिशत मादक पदार्थ सेवन गरेको छ छुट्टयाउनै मुस्किल पर्ने गरेको बताइएको छ । 

स्थानीय निकायलाई ब्रेथलाइजर किनिदिन आग्रह गरे पनि हालसम्म कसैले पनि नकिनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी बताउँछन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x