कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सिन्धुली-यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिनुभयो ।
प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो । प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन् ।
यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार/चार विद्यार्थी र प्राय धेरै विद्यालयबाट एक/दुई रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।
यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन् । कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारलाई नै केन्द्र मानेर कारागारबाटै परीक्षा दिने गजुरेलले जानकारी दिनुभयो । जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्र्गत कारागारमा नै परीक्षा दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
सिन्धुलीमा गर्त वर्षको तुलनामा २२१ विद्यार्थीको सङ्ख्या यस वर्ष कमी रहेको छ । सिन्धुलीमा गत वर्ष पाँच हजार ७१५ छात्रछात्राले एसइई परीक्षा दिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ । नजिकै देखिए पनि भौगोलिक हिसाबले टाढा हुँदा सबैलाई सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ । उत्तरपुस्तिका प्रहरी कार्यालयमा रहेको र सम्बन्धित केन्द्राध्यक्षले लैजाने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।
यसैबीच एसइई परीक्षालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न यही चैत ८ गते सबै केन्द्राध्यक्षलाई अभिमुखीकरण दिइने कmार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । जिल्लाभरका १३४ विद्यालयबाट परीक्षामा सहभागी हुने छात्रछात्रालाई पायक पर्ने स्थानमा २६ परीक्षा केन्द्र तोकिएको र यस वर्ष परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...