होचिमिन्हबाट प्रभावित छु - प्रधानमन्त्री

चैत ५, २०७५

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले आज गर्नुभएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

भेटमा राजदूत चाउले भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभव आपसी हितमा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक विकास, व्यापार प्रवद्र्धन, पर्यटन, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताउनुभयो । 


ADVERTISEMENT

 

चैत ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस