सुनचाँदीको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

चैत ७, २०७५

काठमाडौं- बिहीवार सुनचाँदीको भाउ वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा पाँच सय रुपैयाँले बढेर ६० हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


ADVERTISEMENT

चाँदी तोलामा १० रुपैयाँले बढेर ७४० मा किनबेच भइरहेको महासंघले जनाएको छ । 

चैत ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस