×

NMB BANK
NIC ASIA

आईपीएल : कोहली भर्सेस् धोनी, कसले मार्ला बाजी ?

चैत ९, २०७५

NTC
Premier Steels

भारत- शनिवारदेखि इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण शुरू हुँदैछ । आईपीएलको १२ औं संस्करणको पहिलो खेल आज राति ८ बजेदेखि चेन्नईको के एम ए चिदंबरम स्टेडियममा खेलाइनेछ । यो भिडन्त साविक विजेता चेन्नई र रोयल च्यालेन्जर्स ब्याङ्लोर (आरसीबी) बीच हुनेछ । 

Muktinath Bank

दुवै टीम पहिलो जीतका लागि कडा मेहनत गरिरहेका छन् । आरसीबीलाई विराट कोहलीले कप्तानी सम्हाल्नेछन् भने चेन्नईलाई महेन्द्रसिंह धोनीले कप्तानी सम्हाल्नेछन् । क्रिकेटका दुई चर्चित अनुहारबीचको भिडन्तलाई क्रिकेटप्रेमीले सायदै छुटाउने छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभ्यासको क्रममा पनि धोनी र कोहली एक अर्काबीच कुराकानी गरिरहेको देखिन्छ । चेन्नई सुपर किङका फास्ट बलर लुंगी गिडी चोटका कारण पहिलो खेलमै बाहिर रहने भएका छन् । फास्ट बलिङको पूरा जिम्मा अब ड्वेन ब्रावोको काँधमा आइपरेको छ । धोनीको टीम स्पिनरमा निर्भर रहने देखिन्छ । त्यस्तै विराटको टीम आरसीबी ब्याटिङमा निकै बलियो देखिन्छ । सीएसकेको बलरको परीक्षण पहिलो खेलबाटै हुने अनुमान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सीएसकेमा रविन्द्र जडेजा, हरभजन सिंह, मिशेल सैंटनर, इमरान ताहिर र कर्ण शर्मा जस्ता विकल्पहरू रहनेछन् । टीमका प्रशिक्षक स्टीफन फ्लेमिंगलाई न्यूजील्याण्डका लेफ्ट आर्म स्पिनर सैंटनरमाथि निकै भरोशा छ । उनले भने, 'मिशेलको यस उपमहाद्वीपमा रेकर्ड राम्रो छ ।' 

Vianet communication

उनले थपे, 'हामीले पछिल्लो वर्ष तीव्र बलरलाई मौका दिएका थियौं । यस पटक इमरान ताहिर लयमा छन् । कर्ण शर्मासँगै हरभन सिंहको अनुभवले हाम्रो रणनीतिलाई प्रभावकारी सावित गर्नेछ ।'

उता रोयल च्यालेन्जर्स ब्याङ्लोरमा विराट कोहली, ए बी डिविलियर्स जस्ता उत्कृष्ट फर्ममा देखिएका ब्याट्सम्यान छन् । 

आरसीबीविरुद्ध चेन्नईले १५ खेल जित्दा ७ खेलमा पराजय भोगेको छ । एक खेलमा भने कुनै पनि नतिजा निस्किएन । 

चेन्नई सुपर किङ : महेंद्र सिंह धोनी (कप्तान), सुरेश रैना, अंबति रायडू, शेन वाट्सन, फाफ डु प्लेसिस, मुरली विजय, केदार जाधव, सैम बिलिंग्स, रविन्द्र जडेजा, ध्रुव शोरे, चैतन्य विश्नोई, रितुराज गायकवाड, ड्वेन ब्रावो, कर्ण शर्मा, इमरान ताहिर, हरभजन सिंह, मिशेल सेंटनेर, शार्दुल ठाकुर, मोहित शर्मा, के एम आसिफ, डेविड विली, दीपक चहर, एन जगदीशन ।

रोयल च्यालेन्जर्स ब्याङ्लोर : विराट कोहली (कप्तान), ए बी डिविलियर्स, पार्थिव पटेल, मार्कस स्टोइनिस, शिमरोन हेटमेयर, शिवम दुबे, नाथन कुल्टर नाइल, वाशिंगटन सुंदर, उमेश यादव, युजवेंद्र चहल, मोहम्मद सिराज, हेनरिक क्लासेन, मोइन अली, कोलिन डि ग्रांडहोम, पवन नेगी, टिम साउदी, अक्षदीप नाथ, मिलिंद कुमार, देवदत्त पी, गुरकीरत सिंह, प्रयास राय बर्मन, कुलवंत केजरोलिया, नवदीप सैनी, हिम्मत सिंह । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x