भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

चैत १२, २०७५

काठमाडौं –भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको सचिवालयले दुईवटा गाडी प्रयोग गर्दै आएको पाइएको छ ।

मन्त्री अर्यालको सचिवालयमा रहेका बुद्धबहादुर थापा घर्तीको नाममा बा २ झ १४३२ र राजेश शर्माको नाममा बा १ झ ८७३४ नम्बरको गाडी प्रयोग हुँदै आएको मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
यस्तै बा २ झ १०८४ र बा २ झ ३३३५ नम्बरको गाडी मन्त्री अर्यालले प्रयोग गर्छिन् ।


ADVERTISEMENT

सचिव, सहसचिव र उपसचिवलाई चार पांग्रे सवारी

मन्त्रालयका सचिव गोपीनाथ मैनाली बा १ झ ९१२६ नम्बरको गाडी चढ्छन् ।

सहसचिवहरू चन्द्रकला पौडेल, शंकरबहादुर थापा तथा जनकराज जोशीले पनि चार पांग्रे सवारी साधन प्रयोग गर्दै आएका छन् ।

उपसचिवहरू टेकप्रसाद लुइँटेल, गोपाल गिरी, ऋषिराम पंगेनी, दीपक खड्का, झविन्द्रराज पाण्डे, दिलकुमार खड्का, अनन्तकुमार बस्नेत, नारायण रेग्मी, विक्रम पाण्डे, पुण्यविक्रम पाण्डे, नवराज नेपाल, लीलानाथ दाहाल र कृष्णराज खनालले पनि गाडी प्रयोग गर्दै आएको देखिन्छ ।

गरीबसँग विश्वेश्वर कार्यक्रम संयोजक पृथ्वी शर्मा पौडेलले समेत मन्त्रालयले उपलब्ध गराएको गाडी प्रयोग गर्दै आएका छन् ।

पाँचवटा गाडी बिग्रिएर प्रयोगविहीन !

मन्त्रालयमा चार पांग्रे सवारीको संख्या २८ रहे पनि ५ वटा प्रयोग भएको देखिँदैन । त्यसमध्ये २ वटा मर्मतको क्रममा रहेको छ भने एउटा मर्मत गर्नुपर्ने देखिन्छ । अन्य दुई सवारी साधन बिग्रिएर कामै नलाग्ने भएकाले लिलाम गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस्, मन्त्रालयमा रहेका चार पांग्रे सवारीको विवरण :

४० मध्ये ३८ मोटरसाइकल/स्कूटर प्रयोगमा

मन्त्रालयमा रहेका ४० वटा दुई पांग्रे सवारीमध्ये २ वटा बिग्रिएर गोदाममा थन्किएका छन्, अन्य ३८ वटा मोटरसाइकल/स्कूटर प्रयोग हुँदै आएको छ ।

मोटरसाइकल प्रयोग गर्नेमा शाखा अधिकृत मञ्जु थापादेखि पत्र वितरक राज रेग्मी तथा सीताराम घिमिरेसम्म छन् ।

हेर्नुहोस्, मोटरसाइकलहरूको विवरण :

कसले कति लिन्छन्, इन्धन ?

मन्त्रालयबाट इन्धन सुविधा लिनेमा मन्त्री (सर्वाधिक २०७ लिटर)देखि र दुईपांग्रे सवारी चालक (१० लिटर)सम्म छन् । यस्तै सचिवले १००, सहसचिवले ८० र उपसचिवले ७० लिटर इन्धन लिने गरेका छन् ।

हेर्नुहोस्, विवरण :

पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला चार भाग :

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

चैत १२, २०७५ मा प्रकाशित

रामचन्द्र भण्डारी

लोकान्तरका समाचार संयोजक भण्डारी प्रशासन, न्याय र राजनीतिमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस