अस्ट्रेलियाली क्रिकेट टोलीमा फर्किए वार्नर र स्मिथ, फिन्च कप्तान

बैशाख २, २०७६

एजेन्सी- आईसीसी विश्वकप २०१९ को लागि अस्ट्रेलियाली टोलीको घोषणा भएको छ । 

क्रिकेट अस्ट्रेलियाले यस विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 


ADVERTISEMENT

डेविड वार्नर र स्टिव स्मिथ पुन: राष्ट्रिय टोलीमा फर्किएका छन् । 

टीमको कप्तानी एरोन फिन्चले सम्हाल्नेछन् । बल टेम्परिङको मामिलामा दोषी ठहरिएका दुई खेलाडी वार्नर र स्मिथ एक वर्ष प्रतिबन्धपछि टीममा फर्किएका हुन् । 

क्रिकेट अस्ट्रेलियाले यी दुई खेलाडीलाई प्रतिबन्धपछि वर्ष २०१९/०२० का लागि केन्द्र अनुबन्ध दिने घोषणा गरेको हो । 

टीममा एरोन फिन्च (कप्तान), स्टिव स्मिथ, डे‍विड वार्नर, मिचेल स्टार्क, मार्कस स्टोइनिस, जेसन बेहरेनडोफ, एलेक्स क्यारी (विकेटकिपर), नाथन कूल्टर-नाइल, पैट कमिंस, उस्मान ख्वाजा, नाथन लियोन, शन मार्श, ग्लेन मैक्सवेल, झाए रिचर्ड्सन र एडम जम्पा परेका छन् । 

Photo : 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस