मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
बैशाख २, २०७६
जुलियन असान्जलाई घृणा गर्न गाह्रो छैन । सात वर्षसम्म उनले लन्डनस्थित इक्वेडर दूतावासमा शरण मागेर स्विडेनमा उनीविरुद्ध लागेको बलात्कार र यौन दुर्व्यवहारका आरोपलाई छल्न खोजे ।
उनले यो अभियोगलाई ‘उग्र नारीवादी षड्यन्त्र’ को संज्ञा दिँदै उजुरी गर्नेहरूले अमेरिकी जासूसी संस्था सीआईएका लागि काम गरेको भन्दै बेइज्जती गर्ने कोशिश समेत गरे । उनले स्विडेनमा पुर्पक्षको सामना गर्दा अमेरिकासमक्ष सुपूर्दगी गरिनेछ भनी बनाएको बहाना पनि आधारहीन छ । स्विडेनमा भन्दा बेलायतमा बस्दा उनी अमेरिकासमक्ष सुपूर्दगी हुने सम्भावना बढी रहेको उनले छिट्टै थाहा पाउन सक्छन् ।
असान्जले स्थापना गरेको विकिलिक्सका विषयमा पनि प्रश्न उठाउन सकिन्छ । अधिकारीहरूले लुकाउन चाहेका दस्तावेजलाई सुरक्षित रूपमा प्रकाशित गर्न ह्विसलब्लोअरहरूलाई यो संस्थाले राम्रो योगदान गरेको छ । ट्राफिगुरा नामक व्यापारिक संस्थाले आइभोरी कोस्टमा रासायनिक फोहर फालेर त्यहाँको जनसंख्यालाई जोखिममा पारेको तथ्यदेखि लिएर इराकी सर्वसाधारणमाथि अमेरिकाले गरेको हेलिकप्टर आक्रमणका भिडियो समेत यसले प्रकाशित गरेको थियो । सत्ताको दुरुपयोग गर्नेहरूलाई ठेगान लगाउन प्रारम्भिक दिनहरूमा यो एक महत्त्वपूर्ण साधन बनेको थियो ।
तर विकिलिक्सले अनैतिक तथा गैरजिम्मेवार तरिकाले पनि काम गरेको थियो । यसले सम्पादन नगरिएका गोप्य हजारौं कूटनीतिक सन्देशहरू अन्लाइनमा प्रकाशन गरिदियो जसले गर्दा उक्त दस्तावेजहरूमा नाम उल्लिखित भएका हजारौं व्यक्ति जोखिममा परे । यस्तो कामलाई विकिलिक्सका निकट साझेदार एडवर्ड स्नोडेन समेतले आलोचना गरे । स्नोडेन अमेरिकाको राष्ट्रिय सुरक्षा निकायको गोप्य सूचना उजागर गर्ने व्यक्ति हुन् र उनले सन् २०१३ मा अतिगोप्य हजारौं फाइलहरू चुहाएका थिए र अहिले उनी मस्कोमा बसिरहेका छन् ।
त्यसमाथि असान्ज जेमा पनि षड्यन्त्र देख्ने मनस्थितिबाट ग्रस्त छन् अनि उनी यहुदीहरूको नरसंहारलाई अस्वीकार गर्ने इजरेल शमिर जस्ता घृणास्पद व्यक्तिलाई पनि साझेदार बनाउँछन् र आलोचकहरूलाई बेइज्जती गर्ने र थर्काउने काम गर्छन् ।
तर असान्जको व्यक्तित्व र राजनीतिका विषयमा जतिसुकै आपत्ति भए पनि उनलाई अमेरिकामा दिइन सक्ने सजायले सबै पत्रकारलाई जोखिममा पारेको कुरामा दुविधा छैन । लन्डनमा उनी पक्राउ परेपछि अमेरिकाले उनीमाथि लगाएको अभियोग सार्वजनिक गरियो । ‘कम्प्युटर घुसपैठ गर्नका लागि षड्यन्त्र गरेको’ अभियोग उनीमाथि लगाइएको छ । असान्जले पूर्व अमेरिकी सैनिक चेल्सी म्यानिङसँग मिलेर ‘अमेरिकी सरकारको गोप्य कम्प्युटरको पासवर्ड तोड्न’ का लागि काम गरेको आरोप छ । जासूसी सूचना विश्लेषकका रूपमा म्यानिङले ती कम्युटरहरूमा पहुँच बनाएका थिए र उनले असान्जको सहायताले झूटो युजर नेमबाट लग अन गरी ‘अवैध उजागरको स्रोत पत्ता लगाउन अनुसन्धानकर्मीहरूलाई झन् गाह्रो बनाएको’ अभियोग छ । म्यानिङलाई जासूसी ऐनअन्तर्गत सन् २०१३ मा कोर्टमार्सल गरिएको थियो ।
कम्प्युटर ह्याक गरेको मामिलामा भन्दा पनि सूचनाको स्रोतलाई पहिचान लुकाउन सहयोग गरेको विषयमा असान्जमाथि अभियोग लगाएको भनी तर्क गर्न सकिन्छ । स्रोतको पहिचान लुकाउनु पत्रकारिताको सामान्य धर्म हो । तर अमेरिकाले लगाएको अभियोग अनुसार, ‘असान्जले आफूविरुद्ध अमेरिकाका विभिन्न विभाग र निकायमा रहेका सूचना र अभिलेख दिनका लागि म्यानिङलाई दुरुत्साहन गरेको षड्यन्त्रको एक अंगका रूपमा पासवर्ड काण्ड गराइएको हो ।’ तर स्रोतलाई थप सूचना दिनका लागि प्रोत्साहन गर्नु पनि पत्रकारिताको सामान्य व्यवहार हो ।
धेरैजनाले असान्ज ‘वास्तविक’ पत्रकार हुन् र उनलाई कानूनी रूपमा संरक्षण गर्नुपर्छ भन्ने विषयमा प्रश्न उठाएका छन् । यो प्रश्न असान्दर्भिक छ । असान्ज पत्रकार हुन् कि हैनन् भन्ने विषयमा जसले जे धारणा बनाएको भए पनि अमेरिकाले लगाएको अभियोगले सबै पत्रकारलाई जोखिममा पारेको छ र प्रेस स्वतन्त्रतालाई हनन गर्ने सम्भावना देखाएको छ ।
असान्ज प्रकरणमा एकपक्षीय दृष्टिकोण राख्नेहरू धेरै छन् । असान्जका समर्थकहरूले उनीविरुद्धको बलात्कार आरोपलाई कि त बेवास्ता कि त अस्वीकार गरेका छन् । बेलायतमा लेबर पार्टीकी नेता डायन एबोटले अघिल्लो साता असान्जलाई अमेरिकी अभियोगबाट प्रतिरक्षा गर्न चासो देखाइन् तर बलात्कार आरोपका बारेमा केही पनि बोलिनन् ।
त्यसैगरी असान्जका आलोचकहरूले स्विडेनमा उनीविरुद्धको अभियोगको महत्त्वमा जोड दिएको सही भए पनि उनीहरूले अमेरिकी अभियोगका कारण आइलाग्ने खतरालाई बेवास्ता गरिरहेका छन् ।
स्विडेनका अभियोजनकर्ताहरूले बलात्कारको मुद्दामा फेरि पुर्पक्ष गरेमा बेलायत सरकारले पहिला अमेरिकासमक्ष कि स्विडेनसमक्ष असान्जलाई सुपूर्दगी गर्ने हो भनी निर्णय लिनुपर्ने हुन्छ । असान्जले स्विडेनमा पुर्पक्षको सामना गर्नु नै उनका लागि भलो हुन्छ ।
असान्जलाई अमेरिकासमक्ष सुपूर्दगी गर्नु वैध हुने निर्णय अदालतहरूले लिन सक्छन् । उनीहरूले त्यसो गर्ने निधो गरिसकेका हुन् भने कानूनी रूपमा त्यो सही भए पनि प्रेस स्वतन्त्रताका लागि भने त्यसले भयंकर परिणाम ल्याउनेछ ।
द गार्डियन पत्रिकामा प्रकाशित सम्पादकीयको अनुवाद
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...