×

NMB BANK
NIC ASIA

आर्चरी : बालिकादेखि वृद्धसम्म खेलाडी

बैशाख ८, २०७६

NTC
Premier Steels

बाँके- तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकुद चलिरहेको छ । 

Muktinath Bank

खेलकुदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरङ्गित तुल्याइरहेको छ । खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पुर्‍याइरहेको छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवेश खेलकुदमय छ, कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराँते, तेक्वान्दो वा उसु, कतै भलिबल धेरै खेल उमेरअनुसार पनि खेल्ने गरिन्छ । तर प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा चलिरहेको आर्चरी प्रतियोगिताभित्रको रहस्य भने अलि फरक छ । 


Advertisment
Nabil box
Kumari

जहाँ १२ वर्षीय अनुष्का शेरचनदेखि ७० वर्षीय रामप्रसाद राईले खेलिरहेका छन् । पोखरा महानगरपालिका–४ रानीपौवाकी अनुष्का कक्षा ७ मा भर्खरै उत्तीर्ण भएकी छन् । उनी आठ प्रतिस्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् । त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छ । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक विजेता तथा ११ औँ ओलम्पिककी उच्च स्कोरर हुन् ।  

Vianet communication

उनका दाजु अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकूदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन् । आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा उनका लागि चुनौतीपूर्ण छ । 

उनी भन्छिन्, 'खेल जितिहाल्छु भन्ने त लागेको छैन । तर आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छु ।' आर्चरीमै ओलम्पियन बन्ने उनको धोको छ । '१३ औं सागमा पनि भाग लिन्छु,' अनुष्का भन्छिन्, 'आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।' 

अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका छन् । विसं २००६ मा जन्मिएका उनी विसं २०१८ मा बेलायती सेनामा भर्ना भए । त्यहाँ रहँदा उनले अन्य खेलहरू खेले पनि आर्चरी भने कहिल्यै खेलेनन् । 

विसं २०५६ मा बेलायती सेनाबाट अवकाश पाएका राई त्यसपछि विभिन्न समाजिक संघसंस्थामा क्रियाशील रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर उनी आर्चरी खेल खेल्न थाले । उनी भन्छन्, 'यसमा अन्य खेलजस्तो दौडधुप गर्नुपर्दैन ।'

छ वर्षदेखि नियमित रूपमा आर्चरी खेलिरहेका राईले सातौं राष्ट्रिय खेलकूदमा देशभरबाट पाचौँ स्थान हासिल गरेको सुनाउँदै भने, 'बुढेसकालमा सहजै खेल्न सकिने भएकै कारण मैले यो खेल खेलिरहेको छु । मलाई १३ औँ सागमा पनि भाग लिने धोको छ ।' 

नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन् । उनले भने, 'आर्चरीलाई थप व्यावसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौं ।'

संघले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ । 'आर्चरी खेलको प्रवर्द्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।”

उनले बालिकादेखि वृद्धसम्मको सहभागिताले अन्य खेलाडीको मनोबल पनि बढाएको बताए । उनी भन्छन्, 'यहाँको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।' नेपालमा आर्चरीको शुरूआत विसं २०४४ देखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको हो । 

खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, 'विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x