×

NMB BANK
NIC ASIA

रिना बस्नेत प्रकरण : पथरीमा स्थानीयको व्यापक प्रदर्शन, प्रहरीद्वारा २ राउण्ड अश्रु ग्यास प्रहार

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पथरी- मोरङको पथरी शनिश्चरेमा शनिवार बिहान मृत भेटिएकी २९ वर्षीया व्यवसायी रुपा (रिना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरेको स्थानीयले सोमवार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएका थिए ।

Muktinath Bank

मंगलवार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनुपर्ने माग राख्दै पथरी बजारवासी आन्दाेलित भएका हुन् । यसैबीच प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको मोरङका एसपी मनोज केसीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका व्यवसायीसहित स्थानीय सडकमा उत्रिएका हुन् । सडकमा टायर बालेर उनीहरूले नाराबाजी समेत गरेका छन् । विरोधका कारण पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।


Advertisment
Nabil box
Kumari

सोमबार उद्योग वाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजेकाे उनीहरूकाे आराेप छ । आन्दोलित स्थानीयले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरेका छन् ।

Vianet communication
Laxmi Bank

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा समेत माग गरेका छन् । आक्रोशित भिडले हत्यारालाई कारवाही, शान्ति सुरक्षा कायम, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरेका छन् ।

सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी रुपा बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीविरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन् ।

शुक्रवार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही नगरेको भन्दै पथरी बजार अशान्त बनेको हो ।

प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजीसहित राजमार्ग बन्द गरेका हुन् । आन्दाेलनरत पक्षले पथरी नगरपालिकाका मेयर र उपमेयरलाई कार्यालयबाट निकाल्दै आन्दाेनलमा हाेमिन आग्रह गरेका छन् ।  मेयर दिलिप राई र उपमेयर यमुना विष्टले कार्यालय परिसरमै आन्दाेलनलाई सम्बाेधन गरेका छन् । पथरीमा यातायत तथा पसलहरू बन्द गराएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x