मंसिर ५, २०८०
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
काठमाडौँ-विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ ।
उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५÷७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।
दुई लेनमा विस्तार हुने उक्त सडक प्रदेशमा गए पनि तत्काल कार्यान्वयन गर्न जनशक्तिलगायत समस्या भएको भन्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले गत फागुन १३ गते ३ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडामा पत्राचार गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडालाई उक्त सडक सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्दै उक्त सडक केन्द्र सरकारले कार्यान्वयन गर्नका लागि पठाएको थियो ।
भौतिक मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर यही वैशाख ६ गते उक्त सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । यही वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठक सो सडकलाई केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिP ।
सो सडक गल्छी–रसुवागढी सडकको जिलिङबाट धादिङको धार्केमा जोडिनेछ । उक्त सडकले त्रिभुवन राजपथलाई सिधै रसुगाढी जोड्न लिङ्क सडकका रुपमा काम गर्नेछ भने यसले नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई प्रत्यक्ष फाइदा पु¥याउने छ । रसुवा, नुवाकोट तथा धादिङको पूर्वी भेगका बासिन्दालाई हेटाँैडा जान उक्त सडकले सहजता प्रदान गर्नेछ । रसुवागढीबाट हेटौँडा जोड्न वैकल्पिक मार्गका रुपमा हेरिएको उक्त लोकसञ्चार मार्गको काम प्रदेशमा गएपछि रोकिएको थियो । केन्द्रमा फिर्ता भएसँगै काम सञ्चालन हुने सडक डिभिजन नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिए ।
सो सडक दुई लेनमा विस्तार गर्ने गरी सडक विभागले डिपिआर पूरा गरेको छ । सो सडक डिपिआरअनुसार नै निर्माण गरी पाऊँ भनेर निवेदन परेपछि पूर्वाधार विकास कार्यालयले प्रदेश मन्त्रालयसँग सोधेको थियो । कार्यान्वयनमा तत्काल जनशक्ति अभाव भएपछि प्रदेश मन्त्रालयले फिर्ता गर्ने निर्णय लिएको थियो ।
उक्त लोकसञ्चार मार्गको पहिलो दश किलोमिटरको निर्माण कार्य जिलिङबाट शुरु गरिए पनि गत कात्तिकबाट रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयका कारण तत्काल काम थालिने प्रमुख शाक्यले बताए । ४० किलोमिटर लामो उक्त सडक निर्माण पूरा हुन झण्डै रु दुई अर्ब रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनीसम्म हुनेछ । दोस्रो खण्डको काम केउरिनीदेखि धार्केसम्म हुनेछ ।
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३÷७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश थियो । लोकसञ्चार मार्गको पहिलो चरणको कालोपत्रमा स्तरोन्नति गर्ने काम स्वच्छन्द÷वल्र्डवाइड÷अमृत जेभी नामको काठमाडौँमा दर्ता भएका तीन ठेकेदार कम्पनीले गरिरहेका छन् । अर्थ मन्त्रालयले पहिलो खण्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मङ्सिर २७ गते सहमति दिएको थियो ।रासस
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...