तीब्रगतिमा गुडिरहेको प्रहरी भ्यानको पाङ्ग्रा फुत्कियो, ६ प्रहरी घाइते

प्रतिकात्मक तस्वीर
असार १०, २०७६

रौतहट – जिल्लामा तीब्र गतिमा गुडिरहेको प्रहरी भ्यानको अगाडिको पाङ्ग्रा फुत्किँदा दुर्घटना भएको छ । 

दुर्घटनामा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलवार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।


ADVERTISEMENT

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा २ प्रहरी र २ थुनुवा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

सामान्य घाइते भएका ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस