सिमेन्टको नयाँ मापदण्ड निर्धारण!

असार १९, २०७६

काठमाडौं– सरकारले सिमेन्टको नयाँ मापदण्ड निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको नयाँ मापदण्ड निर्धारण गरेको हो । गुणस्तरमा कमी आउन नदिने उद्येश्यले सिमेन्टको नयाँ मापदण्ड निर्धारण गरिएको विभागले जानकारी दिएको छ । बुधवार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा सिमेन्टको मापदण्ड निर्धारण गरिएको र उक्त मापदण्ड ४३ र ५३ ग्रेडको सिमेन्टमा  मात्रै लागु हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दा उत्पादकले म्याग्नेसियम अक्साइड (एमजीओ) को मात्रा ५ प्रतिशत मात्रै राख्न पाउने मापदण्ड निर्धारण गरेको हो ।
यसअघिसम्म उक्त ग्रेडको सिमेन्टमा एमजिओको मात्रा ६ प्रतिशत राख्न पाउने व्यवस्था रहेको विभागले जानकारी दिएको छ ।


ADVERTISEMENT

साथै विभागले स्किन क्रिम, कस्मेटिक लगायतका विभिन्न १८ वटा वस्तुको मापदण्ड निर्धारण गरिएको जानकारी दिएको छ ।

असार १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस