नेकपा सांसदका पति ‘नामुद गुण्डा’ बादशाह पक्राउ

असार २१, २०७६

बुटवल – नामुद गुण्डा नसिम अहमान मुसलमान (नसिम खान) ‘बादशाह’लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिवार बिहान काठमाडौंबाट उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

कपिलवस्तुका प्रहरी प्रमुख दिपशम्शेर राणाले काठमाडौंको सिनामंगलबाट शनिवार बिहान बाटोमा हिँड्दै गर्दा उनलाई पक्राउ गरिएको लोकान्तरलाई जानकारी दिए । 

मायादेवी गाउँपालिका–४ पिपरा गाउँका नसिम खानविरुद्ध जिल्लामा झण्डै १ दर्जन हत्या, आतंक, लुटपाट, अपहरण लगायतका मुद्दा दर्ता गरिएका छन् । ‘१ हप्ता अगाडि हामीले नसिम काठमाडौं गएको जानकारी पायौं,’ राणाले भने, ‘हामीले सीआईबीसँग समन्वय गरेर अनुसन्धान थालेका थियौं । सोही क्रममा शनिवार बिहान पक्राउ गर्न सफल भयौं ।’

नसिमलाई कपिलवस्तु ल्याउने तयारी भइरहेको राणाले जानकारी दिए । उनीमाथि ७ जनाको हत्या र विभिन्न अपराधमा संलग्न भएको आरोप छ ।

उनी सीमावर्ती भारतीय बजार अलिगढवाबाटै कपिलवस्तु जिल्लाभर आफ्नो प्रभाव जमाउँदै आएका थिए । फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ । उनलाई नेकपाकै संरक्षण छ । उनकी पत्नी फैजिया नसिम नेकपा प्रदेश ५ की प्रदेशसभा सदस्य समेत हुन् ।

यस्तो छ उनको अपराध :-

ओली राजमा लुकाइएका ‘नामुद गुण्डा’ बादशाह : कपिलवस्तुमा त्रास, नेकपाकै संरक्षण !

असार २१, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस