पैसा धुत्न महिलाले जानाजान लरीमुनि परेर गरिन् दुर्घटनाको नाटक (भिडियो)

असार २६, २०७६

काठमाडौं – चीनको पूर्वी क्षेत्रमा एक महिलाले गाडीमालिकसँग पैसा धुत्न नाटकीय तवरले गाडीमुनि लडेको भिडियो सार्वजनिक भएको छ । 

अघिल्लो बिहीवार भएको यो घटनामा ठग महिला वुहुको सडकमा गुडिरहेको लरीको पछिपछि साइकल लिएर दगुर्छिन् । 


ADVERTISEMENT

महिला देखेपछि लरी रोकिन्छ अनि उनी लरीनजिक आफ्नो साइकल मिल्काउँछिन् र वाहनमुनि घुस्रिँदै जान्छिन् । आफू दुर्घटनामा परेको जस्तो देखाउन उनी खोज्छिन् । 

तीनजना बटुवाले यो दृश्य हेरिरहेको देखिन्छ । महिलाले चलाखीका साथ आफूलाई गाडीमुनि राखेको देखिन्छ । 

चीनमा नक्कली दुर्घटनाको पीडित भएको दाबी गर्दै पैसा धुत्ने काम हुने गरेको छ । 

ठगहरू अचानक गाडीका अगाडि पुग्ने गरेका छन् । अनि गाडी चलाउनेले ब्रेक लगाउँछन् र मानिससँग हल्का ठोकिन्छन् । अनि ठगहरू आय्या आत्था गर्न थाल्छन् र चोटको क्षतिपूर्ति माग्न थाल्छन् । 

अहिलेको घटनामा प्रहरी घटनास्थलमा पुग्यो अनि दुर्घटना नभएको पुष्टि गर्‍यो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस