छविराज र शिल्पाबीच सहमति

असार २६, २०७६

काठमाडौं- चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

नायिका पोखरेलले श्रीमान्‌बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले बिहीवार काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।


ADVERTISEMENT

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनी रूपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए । 

सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भनिन्, 'मलाई जे पर्‍यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाईं पनि नडराइकन आउनुस् भन्छु ।' 

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडा प्रहरीमा आउनुपर्ने खालको थिएन तर यसमा मेलमिलाप भइसकेको जानकारी दिए । 

‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यू गराएका थिए । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गरेका हुन् । 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार