बोत्स्वानामा टाउको काटिएको हात्तीको हृदयविदारक तस्वीर सार्वजनिक, दाँतका लागि मारियो हात्ती

साउन ११, २०७६

काठमाडौं – अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरी क्षेत्रमा टाउको काटिएको एक हात्तीको हृदयविदारक तस्वीरले उक्त देशमा हात्तीदाँतको तस्करीको भयानक दृश्य प्रस्तुत गरेको छ । 

ड्रोनबाट खिचिएको तस्वीर डकुमेन्ट्री फिल्ममेकर जस्टिन सलिभानले लिएका हुन् । गत मे महिनामा बोत्स्वानाले जनावरको शिकारमाथिको प्रतिबन्ध हटाएपछि यस्तो वीभत्स हत्या गरिएको हो । 


ADVERTISEMENT

तस्करहरूले विद्युतीय आरा प्रयोग गरेर हात्तीको सुँड र दाँत काटेर लगेका हुन् । शिकारीहरूले हात्तीलाई क्षतविक्षत पारेलगत्तै यो तस्वीर खिचिएको हो । 

अर्को खतरनाक तस्वीरमा हात्तीको टाउकोको भित्री भाग देखिन्छ । 

बोत्स्वानामा तस्करी तीव्र गतिमा बढिरहेको छ । सन् २०१४ देखि २०१८ सम्म जनावरको लाशको संख्या ५९३ प्रतिशतले बढेको छ । 

एजेन्सी
 

साउन ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार