कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
रमेश भट्टराई ‘सहृदयी’
झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी
ईर्ष्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी
अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे
के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए ।
आमाबाबु भए सधैँ बसिदिने दासैसरी चाकरी
स्याहार्ने घरका भुरा र तिनले हेपून् अझै बेसरी
छोराले किन सुन्छ वृद्ध बिलना बाँचेर के काम भो
यो धर्ती नभमा उमेर सकिए मान्छे त बेकाम त्यो
हेपेका अति लाञ्छना सहनमा अभ्यास गर्दै गरेस्
घुम्दो चक्र छ वक्र त्यो जगतमा कानून मर्दै सरेस्
आदर्शै सब खाग भो मनुजमा मारे र काटे भनी
को सुन्ने बिलना असह्य जनको पार्टी छ बोक्ने खुनी
आयो रे युग नै नयाँ र जनता कानून मान्ने छ रे
सत्तामा सब राष्ट्रभक्त बसने निःस्वार्थ सेवी अरे
खल्तीमा सब कर्मकै रकम रे कालो न सेतो धन
आमाको अनुहार हेर हँसिलो को देख्छ पापी मन
अर्काको धन खान आज दुनियाँ सुत्दैन रातोदिन
भाषा भेष मरेर रुन्छ किन हो पैसा भए बोल्दिन
शाषेरै निमुखा कुबुद्धि बढता अङ्ग्रेज संस्कार यो
मासेरै घरको विचार परको आफ्नो त घाँडो भयो ।
छन्द : शार्दूलविक्रीडित
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...