×

NMB BANK
NIC ASIA

बैतडीका ५६ विद्यालयमा सुरक्षा योजना

साउन ३२, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बैतडी – दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ ।

Muktinath Bank

विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए । ‘यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघले दशरथचन्द नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयमा उक्त योजना बनाइएको भुमेश्वर सामुदायिक विकास संघका कार्यकारी निर्देशक मोहनसिंह ऐरले बताए ।

Vianet communication
Laxmi Bank

बृहत् विद्यालय सुरक्षा परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्सांकन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने छ । विद्यालयमा बालबालिकालाई विपद्सँग जुध्न विभिन्न सीपसमेत सिकाइएको छ । 

यसैबीच युनिसेफ नेपालको सहयोगमा संघले सञ्चालनमा ल्याएको बृहत् विद्यालय सुरक्षा परियोजनाको समीक्षा बैठक शुक्रवार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकामा सम्पन्न कार्यक्रममा परियोजनाले गरेका कामबारे जानकारी गराइएको थियो ।

परियोजना सञ्चालनमा आएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना निर्माण, विपद् सम्पर्क शिक्षक तोकिएको, विपद् न्यूनीकरणका विषयमा तालीम दिइएको, विद्यालयको जोखिम नक्सांकन तयारलगायत काम गरिएको कार्यक्रम संयोजक मदनराज भट्टले बताए ।

कार्यक्रम प्रभावकारी बनाउन दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले आग्रह गरे । बैठकमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x