×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयको उँधोगति

विद्यालयमा जम्मा ११ विद्यार्थीः २ वटा कक्षामा १–१ जना, कार्यालय सहायकले पढाउँछिन्

विराटनगर | मंसिर २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । 

Muktinath Bank

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको साकेला प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्छ । उक्त विद्यालयमा कक्षा–२ र कक्षा–३ मा एक–एक जना मात्रै विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुँदा नै दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक कमलप्रसाद रिजालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उक्त विद्यालयमा कक्षा–१ मा पाँचजना, कक्षा–४ र ५ मा दुई–दुई जना विद्यार्थी भर्ना भएका थिए । ‘हाम्रो विद्यालयमा जम्मा विद्यार्थीको सख्या ११ जना हो,’ प्रअ रिजालले भने, नौजना चाहिँ नियमित विद्यालय आइरहेका छन् ।’ 


Advertisment
Nabil box
Kumari

साकेला प्राथमिक विद्यालय दरबन्दीका रिजाल मात्रै हुन् । राहतका एकजना शिक्षक रहेका छन् । उनी शान्तिराम राई रहेका छन् । अझ चाखलाग्दो कुरा त के छ भने त्यहाँ कार्यालय सहायक (पियन)लाई पनि पढाउन लगाउने गरिएको छ । 

Vianet communication
Laxmi Bank

प्रअ रिजालका अनुसार प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले कोर्स सक्न समस्या हुने गरेकाे छ । यस्ताेमा कार्यालय सहायक पवित्रा राईलाई पनि पढाउन लगाउने गरिएकाे हाे । 

पहाडी इलाका भएकाले बसाइँ सरेर जानेको संख्या सो क्षेत्रमा धेरै छ ।  विद्यालयसम्म हिँडेर आउन झण्डै दुई घण्टा जति समय लाग्छ । सो क्षेत्रमा खोला–नाला पनि छन् । दाजु–दिदी माथिल्लो कक्षामा पढ्न जान थालेपछि कतिपय साना बालबालिका उनीहरू पनि जान्छन् । वैदेशिक रोजगारीमा जानेहरूका कारण पनि विद्यार्थी संख्यामा असर गरेको प्रअ रिजाल बताउँछन् । ‘आजकल अधिकांशका एकजना मात्रै बच्चा हुन्छ । त्यो पनि सदरमुकाममा राखेर पढाउने गरेका छन् । निजी स्कूलका गाडीहरू गाउँ–गाउँसम्म आउँछन् । त्यसले पनि विद्यार्थीको सख्या कम भएको हो,’ उनले भने ।  

अहिले विद्यालयसँग दुईवटा भवन मात्रै रहेका छन् । अहिले अफिस रहेको ढुङ्गा माटोले बनेको दुईकोठे भवनलाई बारेर तीन कोठा बनाइएको छ । एउटा कोठामा अफिस तथा अरु दुईमा कम्प्युटर ल्याब र स्टोर बनाइएको छ । 

दुईकोठे भवनलाई फलामे ट्रस्टले बारेर तीन कोठा बनाइएको छ । त्यहीँ पठन–पाठन गर्ने गरिएको छ । कक्षा–१ का विद्यार्थीलाई एउटा कोठामा पढाइन्छ भने कक्षा–२ र ३ का लाई अर्कोमा । यस्तै कक्षा–४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ । 

विद्यार्थी थोरै हुन थालेपछि विद्यालय ‘मर्च’को तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका अधिकृत तीर्थबहादुर विश्वकर्माले बताए । ‘पछि विद्यार्थी बढे भने पुनस्र्थापना गर्ने गरी मर्च गर्ने तयारीमा छाैँ,’ उनले भने, ‘हाम्रो नगरकै सबैभन्दा कमजोर सामुदायिक विद्यालय साकेला नै हो । यसर्थ, दरबन्दी कटौती गर्दै शिक्षकलाई अन्यत्र काजमा पठाइरहेका छौ ।’ 

अधिकृत विश्वकर्माले कार्यालय सहायकलाई पढन पाठनमा लगाएको भए विद्यालयलाई कारबाही गरिने बताए । ‘कक्षा– १ देखि ३ सम्म बहुशिक्षण गर्न पाउने व्यवस्था रहेको छ,’ उनले भने,’ त्यसो गर्दा पठन–पाठनमा कुनै असर हुँदैन । जसले जे काम गर्ने भनेर नियुक्ति गरिएको छ, त्यसले त्यही गर्ने हो ।’ 

साकेला मात्र होइन बसाइँ सराइ र निजी विद्यालयप्रति अविभावकको आकर्षणका कारण पहाडी जिल्लाका धेरै बिद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । पढाइको गुणस्तरमा सुधार नगर्दा सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेको शिक्षा क्षेत्रका जानकारहरू बताउछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x