×

NMB BANK
NIC ASIA

धुम्रपानविरुद्धको अभियान : डा. ओम फाउन्डेसनद्वारा देशव्यापी विद्यालयस्तरीय प्रतियोगिता

काठमाडाैं | माघ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ ।

Muktinath Bank

प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’ले ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियान सञ्चालन गर्दै आएका छन् । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कूल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ ।


Advertisment
Nabil box
Kumari

फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

Vianet communication
Laxmi Bank

कविता प्रतियोगिता​

धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्ने छ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ ।

१२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइपुग्नुपर्ने छ ।

बाल चित्रकला प्रतियोगिता

धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्नेछ ।

चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ ।

सहभागी मध्येबाट एक जना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । ​

हाजिरी जवाफ प्रतियोगिता

धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तीमा एउटा छात्रा अनिवार्य गरिएको छ ।

सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ ।

सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबीच ‘भर्चुअल’ जुममार्फत् र्‍यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेको/रोजेको विषयमा बोल्नुपर्ने हुन्छ । 

छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रतिप्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूहमध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबूक लाइभ हुनेछ ।​

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा. ओम फाउन्डेसनको फेसबूक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ ।

सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बरसहित), इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ ।

प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x