सरकारका प्रवक्ताको प्रश्न : को राजा ? लावण्य देशको ?

फाइल फोटो
भदौ ५, २०७६

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री, सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपालमा राजा नै नभएकाले राजा आउने कुरा नै नभएको प्रस्ट पारेका छन् ।

बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बास्कोटाले सञ्चारकर्मीलाई लावण्य देशको राजा फर्किने हो भनी प्रतिप्रश्न गरेका हुन् । 


ADVERTISEMENT

‘को राजा ? लावण्य देशको ?’ नेपालमा राजा फर्किन लागेको हो भन्ने एक सञ्चारकर्मीको प्रश्नमा बास्कोटाले प्रतिप्रश्न गरे, ‘नेपालमा राजा छैन त ! सकियो । पछि इतिहास पढ्नेछ भोलिको पुस्ताले । नेपालको इतिहासको घटनाक्रममा यो पनि थियो भनेर पढ्नेछ । बाइसेचौबिसेदेखि लिएर अहिलेसम्मको इतिहास पढ्नेछ । त्यत्ति हो ।’

बास्कोटाले बाजा बजाएर १७ साल नदोहोरिएको भन्दै अहिले कुनै पनि हालतमा त्यस्तो हुन नसक्ने बताए । ‘मरेको राजतन्त्रले फणा उठाउन सक्दैन,’ उनले भने, ‘अझै पनि राजा–राजा भन्नेहरू डाइनोसर हुनेछन् ।’

उनले चिहानमा आराधना गरेर राजतन्त्र नफर्किने स्पष्ट पारे । राजतन्त्रका नाममा राजनीति गर्नेहरूतर्फ इङ्गित गर्दै बास्कोटाले हाउगुजी नदेखाउन सुझाव दिए ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस