कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
सुर्खेत- दुई छिमेकी जिल्ला अर्थात् कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशको सुर्खेत–बर्दिया जोड्ने ‘फास्टट्रयाक’मा पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ । हरिहरपुरमा रहेको भेरी नदीमा पुल नबन्दा छोटो दुरीमा यात्रा गर्न स्थानीयले पाएका छैनन् । हरिहरपुरमा रहेको भेरी नदीमाथि निर्माण गर्न लागिएको पक्की पुल नबन्दा स्थानीयले यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत)को लामो यात्रा गर्न बाध्य छन् ।
उत्तर–दक्षिण जोड्ने उद्देश्यले आव २०६४/६५ देखि तेलपानी–भेरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे थालिए पनि ठेकेदारको लापरवाहीले ‘फास्टट्रयाक’ पूरा हुन नसकेको हो ।सडकको ट्र्याक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको ७ वर्ष बितिसक्दासमेत अधुरै छ ।
जसले गर्दा सुर्खेत–बर्दिया सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ । २०७१ को बाढीले पिल्लर बंग्याएको भन्दै ठेकेदार निर्माणबाट पन्छिन खोजेको स्थानीयवासीको आरोप छ ।
छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आव २०६८/६९ मा सम्झौता भएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजना अन्तर्गत हालसम्म दुईवटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ ।
कम्पनीले २०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो । डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ ।
निर्माण कम्पनीले हालसम्म २ करोड बढी रुपैयाँ भुक्तानी लगिसकेको छ । सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमि दूरीमा पर्छ । सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ । बर्दियातर्फको तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ ।
गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले देशैभरी बद्नाम बनेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल निर्माण कार्य सुर्खेतमा समेत अलपत्र पारेको छ । कन्स्ट्रक्सनले सुर्खेतको भेरी नदीमाथि बन्न लागेको पुललाई समेत अछुतो छोडेन । उसले ठेक्का लिएको पुल विगत ७ वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको लापरवाहीले सम्झौता अनुसार काम हुन नसक्दा पुल अलपत्र बनेको हो ।
पहाडको भु—बनोट अनुसार पुलहरूको डिजाइन स्टमिट नगरिँदा मोटरेबल पुलहरूको काम प्रभावित भएको छ । पुलको डिजाइन अनुसार काम गर्न ठेकदारहरूलाई गाह्रो भएपछि ढिलाइ भएको निर्माण पक्षको भनाइ छ ।
सम्झौता अनुसार पुलको जग बायाँ किनाराको खुल्ला फाउण्डेशन, दायाँ र खोलाबीचको वाल फाउन्डेशनमा निर्माण गर्नुपर्ने हो । तर निर्माण कम्पनीले सडक विभागमा बुझाएको विवरण अनुसार दायाँ किनारा र बीच भागको जग बसाउन समस्या भएको उल्लेख छ । पुल निर्माणमा देखिएको अवरोध हटाउन गोताखोर र ब्लाष्टिङ्ग गर्दा पनि नदीको जग बनाउने ठाउँमा लागेको ढुङ्गा फुटाउन नसकिएको निर्माण कम्पनीले बताएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले पुल नबनाएको कारण ठेक्का तोड्नै लाग्दा केही बाधा आएको बताए । ‘हामीले लामो समयसम्म पुल नबनाएका कारण ठेक्का तोडने निष्कर्ष निकालेका थियौं,’उनले भने, ‘जसका आधारमा हामीले मोविलाइजेशन पेश्की एक करोड ७६ लाख ५० हजार रुपैंया बैंकबाट साउन ८ गते नै फिर्ता लगिसकेका छौं ।’ उनले ठेकेदारले ठेक्का नतोड्न र पेश्की रकम फिर्ता नलिन भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको बताए । ‘उहाँले उच्च अदालतमा मुद्धा दर्ता नगरेको भए हामीले ठेक्का तोडिसकेका हुने थियौं,’ उनले भने, ‘पेश्की रकमबारे अदालतले सकारात्मक आदेश दिएकाले फिर्ता लिएका हौं तर ठेक्काबारे अदालतले फैसला नगरिसकेका कारण हामीलाई सम्स्या भएको छ ।’ उनले सडक डिभिजन अन्तर्गत पर्ने भूरीगाउँ तेलपानी सडकको सबै ट्रयाक खोलिसकिएको जानकारी दिए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...