साहोले पाँचौं दिनमा कमायो १०० करोड भारु

भदौ १८, २०७६

काठमाडौं – प्रभास र श्रद्धा कपूरको अभिनय रहेको फिल्म साहोले मंगलवारसम्म १०० करोड भारु कमाइसकेको छ । 

बक्सअफिसइन्डिया डट्कमको रिपोर्टअनुसार, फिल्मले पहिलो दिन लगभग २४ करोड भारु कमाएको थियो । मंगलवार मात्र उसले ८ करोड भारुको कमाइ गरेको छ । 


ADVERTISEMENT

फिल्मको जसरी प्रमोसन गरिएको थियो र ट्रेलरप्रति दर्शकहरूको जस्तो आकर्षण थियो, त्यसलाई विचार गर्दा फिल्मले तीन दिनमै १०० करोड भारु कमाउने अनुमान गरिएको थियो । तर कमजोर स्क्रिप्टका कारण क्रिटिकहरूले फिल्म खासै मन पराएनन् । अनि दर्शकहरूले पनि फिल्मलाई खासै राम्रो प्रतिक्रिया दिएनन् । 

साहो हिन्दी, तमिल, तेलुगू र मलयालम भाषामा गरी ८ हजार ५०० स्क्रीनमा रिलिज गरिएको थियो । दक्षिण भारतमै फिल्मले दर्शक जुटाउन नसकेको बताइएको छ । 

एजेन्सी
 

भदौ १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस