×

NMB BANK
NIC ASIA

आन्तरिक राजनीति

कांग्रेसभित्र गलेका रामचन्द्र पौडेल : ‘कति असन्तुष्ट हुनु क्या ? देशको हालत यस्तो छ !’

भदौ १९, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – गत असार २२ गतेदेखि भदौ १७ गतेसम्म चलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध १७ बुँदे विरोधपत्र जारी गर्‍यो ।

Muktinath Bank

सरकारका काम प्रतिगमनलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै सहमहामन्त्री प्रकाशशरण महतले बुधवार सरकारको जमेर आलोचना गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नेपाली कांग्रेसभित्रै विवादको ‘भकारी’ छ । केन्द्रीय विभाग गठन नभएको ८ वर्ष नाघिसकेको छ । मुख्य भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिविहीन भएको ८ महिनाभन्दा बढी भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

१४ औं महाधिवेशनको बहस शुरू भइसक्दा पनि नेपाल तरुण दलको केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसको सबैभन्दा पुरानो संस्था नेपाल महिला संघभित्र देखिएको विवादका कारण केन्द्रीय समितिको बैठक नै बस्न छाडेको देखिन्छ ।

Vianet communication

नेपाल दलित संघको महाधिवेशन ६ वर्ष बितिसक्दा समेत हुन सकेको छैन । नेपाल प्रेस युनियन विगत १ वर्षअघि कुनै गतिविधिमा देखिएको छैन भने संविधान बनेको ३ वर्ष हुन लाग्दासमेत कांग्रेसले आफ्नो सांगठनिक संरचना संविधान अनुकूल बनाउन सकेको छैन ।

कांग्रेसभित्र यी मात्र समस्याका रूपमा छैनन्, संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवालाई निरन्तर एकलौटी गर्दै हिँडेको आरोप लगाइरहेको छ । विधान अनुरुप प्रत्येक ४–४ वर्षमा हुनुपर्ने भएपनि यही फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन अर्को फागुनमा सर्ने लगभग पक्कापक्की भइसकेको छ ।

तमाम विवाद हल गर्न भनेर गत असार २२ गते केन्द्रीय समिति बैठक बोलाइयो । केन्द्रीय समिति बैठक प्रारम्भ भएपछिको २ महिनाको बीचमा जम्माजम्मी १६ वटा बैठकहरू बसे । महामन्त्री पूर्णबहादुर खड्काले बैठकका लागि १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए ।

के थिए ती १४ एजेन्डा ?

१४ वटा सूचीवद्ध एजेण्डाको पहिलो नम्बरमा केन्द्रीय सदस्य रमेश लेखकद्वारा प्रस्तुत गरिने नेपाली कांग्रेसको नियमावली २०७६ छलफलमा लैजाने र पारित गर्नुपर्ने थियो । एजेण्डाको दोस्रो नम्बरमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रियाअघि बढाउने सम्बन्धमा छलफल गर्ने रहेको थियो ।

विधान मस्यौदा समितिका संयोजक लेखकले प्रस्तुत गरेको विधानमाथि छलफल भएपनि पारित हुन भने नसकेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बिहीवार लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘बैठकले नियमावली पारित गरिसकेको छैन, तयार गर्ने काम गर्‍यो र त्यसमा पर्याप्त बहस छलफल भएका छन् ।’

दोस्रो एजेण्डाको रूपमा रहेको पार्टीको अन्तरिम व्यवस्था अनुसारको गठनबारे बैठकमा पेश भएको निर्देशिका पारित गर्नु कांग्रेस केन्द्रीय समिति बैठकको ठूलो उपलब्धि भएको वरिष्ठ नेता पौडेलले बताए ।

बैठकमा यी २ एजेण्डाका विषयमा लामो छलफल र रस्साकस्सी भएको थियो । संस्थापनइतर पक्षले सभापतिलाई तत्काल महाधिवेशनको मिति घोषणा गरेर जानुपर्ने दबाब दिएका थिए भने सभापति देउवाले अन्तरिम संरचना गठन भएपछि आपसेआप महाधिवेशनको तयारीमा पार्टी होमिने भन्दै थामथुम गर्न खोजेका थिए ।

बैठकका निर्णयहरू सुनाउने क्रममा बुधवार केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले भदौ २० गतेसम्म अन्तरिम संरचना निर्माण भइसक्ने दाबी गरे । ‘१–२ दिन तलमाथि हुन सक्छ,’ उनले भने, ‘तर हामी यस विषयमा संवेदनशील छौं ।’ 

अन्य एजेण्डामध्ये सबैभन्दा धेरै विवादमा भातृ संगठन एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने र पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघमा के गर्ने भन्ने विषय तानिएका थिए ।

‘हालको विधानले समयावधि सकिएका भातृ संगठन स्वतः खारेज हुने व्यवस्था गरेको छ,’ महतले भने, ‘तर हामीले अहिले समयावधि समाप्त भएका भातृ संघलाई ६ महिना समय दिने निर्णय गरेका छौं । यो बीचमा तदर्थ समिति गठन गरेर अधिवेशन गर्ने काम सम्पन्न गरिने छ ।’ नेविसंघको हकमा पनि तत्काल तदर्थ समिति गठन गरेर विवाद हल गर्ने महतले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकले यीबाहेक अन्य एजेण्डामा पनि छलफल गरेको थियो । विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्बन्धमा, पहिलो चरणको जागरण अभियानका सन्दर्भमा, नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति विवरण सम्बन्धमा, अनुशासन समितिले प्रस्तुत गर्ने कार्यप्रगति सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिने सम्बन्धमा छलफल भएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कतिपय विषयमा आफ्ना असन्तुष्टि रहेको भएपनि सहमतिबाटै अघि बढ्ने संस्थापन पक्षको भाव रहेको आफूले बुझेको टिप्पणी गरे । ‘कति असन्तुष्ट हुनु क्या ?’ लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘देशको हालत यस्तो छ, हामी मिलेर अघि बढ्नुको विकल्प छैन ।’

बैठक उत्साहजनक र उपलब्धिमूलक

बैठकले आन्तरिक संरचना व्यवस्थापन र सुधारका लागि कतिपय कोणबाट आएका प्रस्तावलाई ठोस रूपमा सम्बोधन गरेको भएपनि कतिपय विषयमा कांग्रेस आफैं अलमलमा परेको जस्तो देखिएको छ । यद्यपि कांग्रेस केन्द्रीय समिति सदस्य डा. डीला संग्रौला पन्तले बैठक उत्साहजनक र उपलब्धिमूलक रहेको टिप्पणी गरिन् ।

‘बैठकमा हामीले अपेक्षा गरे अनुरूपको उपलब्धि भयो,’ संग्रौलाले लोकान्तरसँग भनिन्, ‘पार्टीले भ्रष्टाचार लगायतका तमाम बेथितिबारे कुरा उठाएन भन्ने आरोप लागेको थियो, हामीले त्यो चिरेका छौं । पार्टीको आन्तरिक विवाद हल गर्ने सन्दर्भमा पनि कतिपय ढंगले मापदण्ड तय गरेर अघि बढ्ने सहमति भएको छ । कतिपय त हल नै भइसक्यो ।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य रामकृष्ण यादव पनि बैठक तुलनात्मक ढंगले उपलब्धिमूलक रहेको टिप्पणी गरे । ‘बैठकमा सबैले आफ्ना आफ्ना धारणा व्यक्त गर्नुभएको छ,’ यादवले भने, ‘बैठकमा कतिपय विषयमा विवाद देखिएपनि सर्वसम्मतिमा धेरै कुरा भएको छ । यसलाई उपलब्धिमूलक मान्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x