×

NMB BANK
NIC ASIA

पर्यटनमन्त्री योगेश भट्टराईको त्यो उडान, मन्त्रीलाई चाकरी गर्ने प्रवृत्तिको परिणाम

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा ।

Muktinath Bank


दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रम सकेर काठमाडौँ फर्कने तय भइसकेको थियो तर टीकापुरबाट धनगढी फर्किएर साँझ पाँच बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चारजना नेपालगञ्जबाट आउने भए ।


Advertisment
Nabil box
Kumari

धनगढीबाट फर्कने चार जनाको टिकट ३ बजे नेपालगन्जस्थित बुद्ध एयरको कार्यालयलाई जानकारी गराएर सारियो । धनगढीको तुलनामा नेपालगञ्जबाट एक घण्टा अबेलासम्म जहाज पाइने भएकाले मन्त्री भट्टराई पौने ४ बजे कार्यक्रम सकेर हुइँकिए ।

Vianet communication
Laxmi Bank

पूर्वपश्चिम राजमार्गबाट लामो हुने भएकाले बर्दिया राजापुरभित्रको हुलाकी सडक पछ्याए । राजापुर, गुलरिया र खजुरा हुँदै जब उनी विमानस्थल पुगे, जहाज होल्ड गराएको भन्दै अन्य यात्रुले गालीगलौज गरे, हुलहुज्जत प्रयास गरे ।

यस्तो अवस्था कसरी भयो ? मन्त्रीलाई नेपालगन्ज विमानस्थलबाट जहाजमा उडाउने जिम्मेवारी लिएका नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘काठमाडौँबाट आएको जहाज नेपालगन्ज ग्रउण्डमा ५५ मिनेट बस्यो । जसमा जहाजको इन्जिन सट डाउन गरिएपछि यात्रु ओराल्ने, चढाउने, इन्धन र कार्गो राख्ने आदि समयमा ३५ मिनेटदेखि ४० मनेट लाग्छ । त्यसबाहेक अतिरिक्त समय १५ मिनेट ढिलाई भएको हो ।’

यस घटनाबारे नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज विमानस्थललाई आइतबार प्रस्टीकरण पठाउन निर्देशन दिएको छ । शनिबार नेपालगन्जमा भएको घटनाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मन्त्री भट्टराईले आफ्नो कारण भएको १५ मिनेट ढिलाईमा क्षमा मागेका छन् । 

ढिलाई हुनुमा मन्त्रीका स्वकीय सचिव प्रेम हुमागाईं, नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर र एयरलाइन्सका स्टेसनका कर्मचारीबीच भएको त्रिपक्षीय कम्युनिकेशन ग्याप देखिएको घटनालाई नजिकबाट नियालीरहेका एक अधिकारी भन्छन्, ‘टाइम क्याल्कुलेशन गर्न जानेको भए यस्तो हुँदैनथ्यो । मन्त्रीलाई चाकरी गर्ने प्रवृत्तिले यस्तो भएको हो ।’

आजको कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x