जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं – आधुनिक युगमा प्रविधिले जिन्दगीलाई नियन्त्रण गरिरहेको छ । फोनको ब्याट्रीले मानिसको मूड नियन्त्रण गर्ने पत्ता लागेको छ ।
लन्डन विश्वविद्यालयका बजार अनुसन्धाता टमस रोबिन्सन र फिनल्यान्डको अल्टो विश्वविद्यालयको अनुसन्धानमा यो कुरा देखिएको हो ।
अनुसन्धानका अनुसार, फोनका ब्याट्री चार्ज अवस्थामा राख्ने मानिसले ऊर्जाको उपयोग लामो समयसम्म गर्छन् । यस्ता मानिस बढी व्यवस्थित हुन्छन् ।
ब्याट्रीमा ध्यान नदिने अनि फोनमा ब्याट्री कम हुने मानिसको जीवन अव्यवस्थित हुन्छ ।
अनुसन्धानकर्ताहरूले लन्डनका २३ देखि ५७ वर्ष उमेरका २२ जनामाथि अनुसन्धान गरे । ती मानिस कतै जानका लागि ६० देखि १८० मिनट समय बिताउँछन् । उनीहरू गन्तव्यबाट १० किलोमिटर टाढा हुँदा वा बाटामा १० ठाउँमा रोकिएमा त्यसको तुलना ब्याट्रीसँग गर्छन् ।
जस्तो, फोनमा ब्याट्री ५० प्रतिशत छ भने गन्तव्य पुग्न कति समय लाग्छ र ब्याट्री फुल बनाउन कति समय लाग्छ भन्ने कुरामा नै उनीहरू गन्तव्यमा कति छिटो पुग्न चाहन्छन् भन्ने कुरा निर्धारित हुन्छ ।
फोन फुल चार्ज हुँदा उनीहरू सकारात्मक अनुभव गर्छन् र फुल ब्याट्रीका साथ जहाँ जान पनि सकिन्छ भन्ने सोच राख्छन् । आधी वा त्यसभन्दा कम ब्याट्री भएकाहरूमा नकारात्मकता बढ्छ ।
अनुसन्धानमा सहभागी भएकाहरूलाई दिन सकिँदाको बेलातिर डिभाइसको ब्याट्री आइकन हेर्दा कस्तो अनुभव हुन्छ भनी सोधिएको थियो । उनीहरूले भने, ‘फुल ब्याट्री हेर्दा सुख अनुभव हुन्छ र ५० प्रतिशत ब्याट्री हेर्नु चिन्ताजनक लाग्छ । ब्याट्री ३० प्रतिशत पुग्दा चिन्ता अझै गहिरो हुन्छ ।’
उपकरणहरूमा हाम्रो निर्भरता बढ्दै गएको परिणाम यो भएको अनुसन्धानकर्ताहरूको तर्क छ ।
अनुसन्धाता डा रबिन्सनले भने, ‘फोनको ब्याट्री सधैं फुल राख्ने वा त्यसमा ध्यान दिने मानिसहरू उच्च स्तरको जिम्मेवारी लिनका लागि थप राम्रो कदम उठाउँछन् ।’
यसको उल्टो ब्याट्री चार्ज नराख्ने मानिस चाहिँ अव्यवस्थित हुन्छन् र कुनै पनि काम सही ढंगले गर्दैनन् ।
फोनको ब्याट्री कम राख्नेहरू अरूमाथि निर्भर रहन्छन् र उनीहरूको सामाजिक दायरा पनि कम हुन्छ । फोनको ब्याट्री प्रभावकारी ढंगले व्यवस्थापन नगर्नेहरू जीवनको व्यवस्था पनि राम्ररी गर्न जान्दैनन् ।
एजेन्सी
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...