×

NMB BANK
NIC ASIA

चीनले ल्यायो तीव्र गतिमा उड्ने जासूसी ड्रोन, अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमता

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनले सैन्य परेडमा सार्वजनिक गर्ने गरी अतिगोप्य सुपरसोनिक जासूसी ड्रोन उजागर गरेको छ । 

Muktinath Bank

वुझेन–८ नामक उक्त ड्रोन अमेरिका नियन्त्रणको भूमि गुआम पुग्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको राष्ट्रिय दिवस सैन्य परेडमा अभ्यासका क्रममा मानवरहित ड्रोन देखाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

उक्त परेड चीनको सैन्यशक्तिको सबभन्दा ठूलो प्रदर्शन बन्न लागेको छ र त्यो असोज १४ गते हुँदैछ । कम्युनिस्ट शासन शुरू भएको ७० वर्षका उपलक्ष्यमा परेड गर्न लागिएको हो । 

Vianet communication
Laxmi Bank

त्यसमा देशको अत्याधुनिक हतियार प्रदर्शन गरिनेछ । 

दक्षिण चीन सागर वा पश्चिमी प्रशान्तमा लडाईं भएमा अमेरिकी सेनासँग लड्नका लागि बेइजिङले वुझेन–८ बनाएको हो । 

जनमुक्ति सेनाले यो खोजी ड्रोन केही समयदेखि प्रयोग गरिरहेको एक विज्ञले बताए । 

तर यसका बारेमा सार्वजनिक जानकारी एकदमै कम छ र चीनले यसको कुनै पनि तस्वीर सार्वजनिक गरेको छैन । 

ड्रोनको पहिलो परीक्षण सन् २०१५ मा गरिएको विश्वास छ । चाइना एभिएसन न्युजले एक समाचारमा यो ड्रोन केही घन्टाका लागि उडेको लेख्यो । यसको अर्थ यो लामो दूरीको जासूसी ड्रोन हुनुपर्छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x