असोज १० देखि दशैंको नयाँ नोट वितरण, कहाँ-कहाँबाट साट्न पाइन्छ ? (सूचनासहित)

असोज २, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारसहित विराटनगर, जनकपुर वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट वितरण हुने नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । 
यस्तै राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेडका उपत्यकाका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गरिने छ । राष्ट्र बैंकले यो वर्ष रु ५, रु१०, रु२०, रु५० र रु १०० का एक–एक पाटेक गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँ नयाँ नोट उपलब्ध गराउने भएको छ । विगतका वर्षहरुमा बैंकले रु ५,रु१० र रु२० का दुई–दुई पाकेट नयाँ नोट उपलब्ध गराउने गरेकोमा यसवर्ष परिमाण घटाएको हो । 
हाल तोकिएको भन्दा बढी रकम आवश्यक परेमा नयाँ नोट नभई सुकिला नोट सटही सुविधा दिने बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा असोज १७ गतेसम्म उपलब्ध हुनेछ । 


ADVERTISEMENT


 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस