५ वर्षमा २ अंकको आर्थिक वृद्धिदर कायम हुन्छ : मन्त्री बाँस्कोटा

फाइल फोटो
असोज ४, २०७६

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ५ वर्षमा २ अंकको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा शनिवार धुलिखेलमा आयोजित ‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक २ दिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए ।


ADVERTISEMENT

‘केही साताअघि भएको ७ दशमलव १ वृद्धिदर अहिले ७ दशमलव ५ प्रतिशत कायम भएको छ,’ मन्त्री बाँस्कोटाले भने । आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा ८ दशमलव ५ प्रतिशत पुर्‍याइने लक्ष्य लिएको पनि उनले दाबी गरे ।

मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै हामीले तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेका छौं, यो आर्थिक वृद्धिदरको प्रमुख सूचक मान्दछौं,’ उनले भने । विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै उनले विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे ।

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस