×

NMB BANK
NIC ASIA

दुई करोड लागतमा फेरी निर्माण शुरू

असोज २२, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

भोजपुर –षडानन्द नगरपालिकाको सतीघाटमा फेरी निर्माण हुने भएको छ ।  

Muktinath Bank

नगरपालिकाको रु  एक करोड ३५ लाख तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी करीब रु  दुई करोड लागतमा फेरी निर्माणको काम शुरु भएको हो । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने यो मुख्य सडक खण्ड  हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक निर्माण भए पनि नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानीमा समस्या  हुँदै आएको छ । सो स्थानमा सवारी साधन तार्नका लागि फेरी लगाउने कामको प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् ।


Advertisment
Nabil box
Kumari

पुल बनाउन ठूलो खर्च तथा लामो समय लाग्ने भएको हुँदा तत्कालका लागि स्थानीयवासीलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फेरी निर्माण  गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

Vianet communication

फेरी निर्माण भएपछि सामान ढुवानी गर्न तथा सङ्खुवासभालगायत अन्य जिल्लासंँग सम्पर्क गर्न यातायातबाट सहज पहुँच हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख वीरबल राईले भने, 'पुल नहुँदा यहाँका सर्वसाधारणले वर्षाैँदेखि कष्टकर जीवन बिताउँदै आएका छन्, पुल निर्माण गर्न धेरै समय र लागत लाग्ने भएकोले तत्काललाई फेरी निर्माणको काम अघि बढाएका हौँ ।' 

नगरपालिकालाई अन्य जिल्लासंँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । मानिस तथा मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गरे पनि त्यसबाहेकका सम्पूर्ण सवारी साधन अरुणको किनारामा बस्न बाध्य छन् । सोका कारण सामान ढुवानी तथा अशक्त वृद्धवृद्धालाई ज्यादै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी श्याम कार्कीले भने, 'यो नदीमा पुल नहुँदा हामीले निकै सास्ती भोग्नुपरेको छ, दीर्घकालीन नभए पनि तत्काललाई फेरी निर्माणको काम शुरु भएको छ, हामी निकै खुशी छौँ ।'

फेरी निर्माणको काम समयमा सकिए नगरपालिकाको विकासमा टेवा पुग्ने स्थानीय नागरिकले बताएका छन् ।  सङ्खुवसभाबाट झोलुङ्गे पुलबाट सामान तार्न सामग्री हेरी क प्रतिकेजी रु ५ देखि १० सम्म तिर्नुपर्ने स्थानीयवासी गणेश लम्सालले बताए। लम्सालले भने, 'हामीलाई निकै सास्ती छ, मानिसलाई सामग्री बोकाउनपर्ने अवस्था छ, महँगो शुल्क तिरेर ढुवानी गर्दा हामी निकै मारमा  छौँ ।' युवराज विष्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x