×

NMB BANK
NIC ASIA

दुई सेट रेल भारतमा निर्माण हुँदै

असोज २८, २०७६

NTC
Premier Steels

काठमाडौं – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । 

Muktinath Bank

नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे ।  उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल सेट निर्माणसँगै रेलमार्ग निर्माणको काम पनि भइरहेको रेल विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताए। उनकाअनुसार वर्षाको समयमा बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा झण्डै १०० मिटरमा रेलको लिग बगाएको थियो । भारतीय कम्पनी निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्नेछ । उनले भने, 'तिहार, छठलगायतका चाडपर्व सकिएलगत्तै निर्माण शुरू हुनेछ ।'


Advertisment
Nabil box
Kumari

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भएको हो । सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो । आगामी पुस महीनाभित्रै रेल सेट नेपाल आइसक्ने उनको भनाइ छ । दु

Vianet communication

ई वटा सेटमध्ये पहिले एउटा सेट पुस महिनाभित्रै आइपुग्नेछ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता चित्रकारले बताए। उनकाअनुसार सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको उनलेबताए। उनलेभने, 'अहिले भनेको क्षमताभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।'

'रेल सेट आउने बित्तिकै रेल सञ्चालन हुनेछ', उनले भने, 'रेल सेट खरिदका लागि कूल ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम हामीले दिइसकेका छौं ।' बाँकी रकम रेल सेट आएपछि दिने उनलेबताए। दुई सेट रेल खरिदका लागि रेल विभाग र भारतको कोनकान रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भएको प्रवक्ता चित्रकारले बताए। 

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको प्रवक्ता चित्रकारले बताए। रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनलेबताए। यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । 

'जयनगरदेखि कुर्थासम्म पहिलो लटमा रेल चल्नेछ, त्यसपछि कुर्थादेखि बिजलपुरासम्म पुग्नेछ', प्रवक्ता चित्रकारल भने, '३५ किमि क्षेत्रको कुर्थासम्म काम सकिसकेको छ, यसको परीक्षणसमेत गरिसकेका छौं ।' कुर्थादेखि बिजलपुरासम्म रेल लिक बिछ्याउन बाँकी छ । वर्षातले समस्या भएको छ । 'कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ,’ उनलेभने, 'यो क्षेत्रमा बढीमा फागुनसम्ममा रेल गुड्नेछ ।' बिजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्नेछ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ । 

यता जोगबनी–विराटनगरमा पनि १८ किमि क्षेत्रमा रेलमार्ग निर्माण हुँदैछ । जसमध्ये १० किमि क्षेत्रमा रेलमार्ग निर्माण भइसकेको छ । 'केही जग्गाको काम बाँकी छ, वर्षातपछि यो काम पनि सकिनेछ' उनलेभने, '१८ किमि पूरा हुन एक÷डेढ वर्ष लाग्ने अनुमान गरेका छौं ।' दुवै ठाउँको रेलमार्ग भारत सरकारले निर्माण गरिरहेको छ । 

रेल्वे कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरेको रेल विभागले जनाएको छ । नेपालमा हाल रहेको रेल्वे कम्पनी नाम मात्रैको कम्पनी भएकाले त्यसलाई सञ्चालनमा ल्याउन कम्पनीमा रेलसम्बन्धी ज्ञान र क्षमता भएका जनशक्ति आवश्यक भएकाले प्रस्ताव गरिएको हो । रेल सञ्चालनका लागि नयाँ कम्पनी निर्माण नगरी सोही कम्पनीलाई बलियो बनाउने काम भइरहेको महानिर्देशक बलराम मिश्रले बताए। उनले भने, 'सरकार आफैँले सञ्चालन गर्दा खातालगायतका समस्या आउने हुनाले हामीले कम्पनीमार्फत नै सञ्चालनको तयारी गरिरहेका छौँ ।'

नेपालमा हालसम्म पनि रेलसम्बन्धी छुट्टै नियम छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । हाल रेल सञ्चालनको छुट्टै विनियमावली बनिरहेको प्रवक्ता चित्रकारले बताए। उनलेभने, 'रेल सेट आइरहँदा हामीले विनियमावली र सङ्गठन गठनको तयारी अघि बढाएका छौँ ।'

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको थियो । त्यसको एक डेढ वर्ष पछिबाट काम शुरूभएको चित्रकारले बताए। भारत सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको छ । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरूहुन सकेको छैन । विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमध्ये १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । 

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भए पनि यिनमा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । सञ्चिता घिमिरे,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x