राष्ट्रपति विद्यादेवी भण्डारीसँग चप्पलमै देखिए म्यानमारका राष्ट्रपति विन मिन्ट

कात्तिक १, २०७६

काठमाडौं- चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्यहाँका राष्ट्रपति विन मिन्ट चप्पल र धोती जस्तो देखिने पहिरनमा प्रस्तुत भएका छन् ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विन मिन्टसँगै देखिएको विभिन्न तस्वीरमा पनि राष्ट्रपति मिन्ट चप्पलमा देखिएका छन् । 


ADVERTISEMENT

कूटनीतिक हिसाबमा नेपालमा भने विदेशी पाहुनालाई स्वागत गर्दा होस् या विदाइ गर्दा, फर्मल पहिरन लगाइने चलन छ । अझ त्यसमा जुत्ता त अनिवार्य नै छ । 

हालै चिनियाँ राष्ट्रपति शी चिन फिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो । उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत 'ड्रेस कोड' लागू गरिएको थियो । 

तर म्यानमारमा त्यो उनीहरूकै शैली र चलन पनि हुन सक्छ । 

अन्य तस्वीर हेर्नुहोस् : 

कात्तिक १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस