भारत र फिलिपिन्सबीच चार बिषयमा सहमति र हस्ताक्षर

कात्तिक १, २०७६

 भारत र फिलिपिन्सबीच चार सहमतिमा शुक्रबार हस्ताक्षर भएको छ । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको फिलिपिन्समा भइरहेको पाँच दिने भ्रमणका क्रममा सहमति भएको हो । 


ADVERTISEMENT

सहमतिमा सुरक्षा, पर्यटन, विज्ञान, प्रविधि, संस्कृतिलगायतका विषयलाई समेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले फिलिपिन्सका समकक्षी रोड्रिगो डुटेर्टेसँग भेटवार्ता पनि गर्नुभएको छ ।  

भारतको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिएको जानकारी अनुसार दुई देशकाबीचमा साझेदारी र सहकार्यका बारेमा पनि सहमति भएको छ ।  

उहाँहरुबीच दुई पक्षीय हित, अन्तर्राष्ट्रिय साझा चासो र आपसी सम्वन्धका बारेमा कुराकानी भएको कार्यालयले जनाएको छ । 
 

कात्तिक १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस