‘एउटा घाँटी दुईटा मुख प्रचण्ड र ओलीको, जनताले विश्वास गर्ने कुन चैं बोलीको ?’

कात्तिक १०, २०७६

काठमाडौं– तिहारको अवसरमा हास्य व्यङ्ग्य मार्फत मनोरञ्जन गराउदै आएको सिस्नुपानी नेपालले यसपटक पनि देउसी मार्फत राजनीतिक विकृतिमाथि प्रहार गरेको छ ।

आइतवार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सिस्नुपानीले सरकारको ढिलासुस्ती तथा राजनीतिक दलका नेताहरुप्रति व्यङ्ग्य प्रहार गरेको हो । 


ADVERTISEMENT

यसपटक सिस्तुपानीको देउसीमा सभामुख कृष्णबहादुर महरा प्रकरण, चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण, रौतहटमा सांसद अफ्ताव आलम प्रमरण लगायतका विषय समेटिएका छन ।

सिस्नुपानीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समेत व्यङ्ग्य गरेको छ । कार्यक्रममा ओली र प्रचण्ड दुवै उपस्थित थिए । 

ओली र प्रचण्डप्रति यस्तो छ सिस्नुपानीको व्यङ्ग्य

एउटा घाँटी दुईटा मुख प्रचण्ड र ओलीको
जनताले विश्वास गर्ने कुन चैं बोलीको

नातागोता आफन्त र परिवार सबैलाई
अंशै सरी बाँडेका छन पद बरी लै

कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौं
चिप्लिरहन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ?

घाग्यमानी घरबेटी महादानी डेरावाल
ब्ल्याक लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल ।

कात्तिक १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस