लिभरपूलले २४ घन्टाको अन्तरमा दुई फरक महादेशमा दुई खेल खेल्ने

कात्तिक २१, २०७६

काठमाडौं – इंग्लिश फूटबल क्लब लिभरपूलले २४ घन्टाको अन्तरमा इंग्लिश लीग कपको क्वार्टरफाइनल र फिफा क्लब वर्ल्ड क्लबमा भाग लिने भएको छ । फरक खेलका लागि फरक खेलाडीहरू उतार्ने क्लबले जनाएको छ । 

युर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपूलले डिसेम्बर १७ मा बेलायतको भिल्ला पार्कमा एस्टन भिल्लाको सामना गर्ने कार्यक्रम छ । त्यसको भोलिपल्ट डिसेम्बर १८ मा ऊ हजारौं माइल टाढा रहेको कतारको दोहामा खेल्न पुग्नेछ । 


ADVERTISEMENT

क्लोपले काराबाओ कप भनिने लीग कपबाट नाम झिक्ने संकेत दिएको भए पनि क्लबले मंगलवार एक वक्तव्य जारी गरेर दुई फरक सटका खेलाडीलाई मैदानमा उतारेर दुवै प्रतियोगितामा भाग लिने जनाएको छ । 

लिभरपूल यस सीजनका सबै प्रतियोगिताहरूमा प्रतिस्पर्धामै छ र उसले च्याम्पियन्स लीग, एफए कप तथा इंग्लिश प्रेमियर लीग सबैमा खेल्नुपर्दा निकै व्यस्त हुनुपर्ने भएको छ । 

क्लबले नोभेम्बर महिनामा ६ वटा खेल खेल्नेछ भने डिसेम्बरमा आठवटा म्याच खेल्ने कार्यक्रम छ । वेस्ट ह्यामसँग लीगमा हुने प्रतियोगिता चाहिँ पछिका लागि सारिएको छ ।

सीएनएनबाट
 

कात्तिक २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस