×

NMB BANK
NIC ASIA

बुटवल–नारायणगढ सडक : किन उठाउन छाडियो सडक दस्तुर ?

कात्तिक २२, २०७६

NTC
Premier Steels

बुटवल – बुटवलको रामनगर र पूर्वी नवलपरासीको गैंडाकोटमा राखिएका सडक दस्तुर संकलन केन्द्रबाट अहिले दस्तुर उठाइँदैन ।

Muktinath Bank

सडक बोर्ड नेपालका प्रमुख कृष्णसिंह बस्नेतले सडक (बुटवल–नारायणगढ) ‘सिक्स लेन’मा विस्तार ठेक्का दिएसँगै दस्तुर उठाउन नमिल्ने भएकाले हटाइएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले ठेक्कामार्फत उठाउँदै आएको दस्तुर यही सडक मर्मतका लागि खर्च गर्ने हो,’ सिंहले भने, ‘अब यो सडक निर्माण पूरा नहुँदासम्म मर्मत गर्ने जिम्मा पनि ठेकेदार कम्पनीको हुन्छ । ठेक्का सम्झौता गर्दा मर्मत सम्भार भनेर छुट्टै पैसा राख्ने गर्छन् ।’


Advertisment
Nabil box
Kumari

गएको असोज १४ गतेदेखि दस्तुर उठाउन छाडिएको हो । गाडीले सडक प्रयोग गरेबापत त्यसले पुर्‍याउने क्षतिलाई मर्मत गर्नका लागि सडक दस्तुर संकलन गर्ने गरिन्छ । दुवै ठाउँको दस्तुर संकलनका लागि सडक बोर्ड नेपालले ठेक्कामार्फत दस्तुर संकलन गर्ने गर्छ ।  

Vianet communication

२/२ वर्षका लागि ठेक्का सम्झौता हुँदै आएको भएपनि यस वर्ष सडक विस्तार हुने भएपछि १ वर्षका लागि मात्र ठेक्का गरिएको थियो । ठेक्का हटेपछि सडक मर्मतमा शिथिलता आएको प्रयोगकर्ता बताउँछन् । १ सय १४ किलोमिटर लामो सडकको निर्माण ठेक्का ‘चाइना स्टेट कन्सट्रक्सन’ कम्पनीले पाएको छ । 

सडक बोर्ड नेपालले रामनगर र गैंडाकोटको सडक दस्तुर उठाउने ठेक्का सुनकोशी निर्माण सेवा कम्पनीलाई दिएको थियो । दुवै ठाउँमा गरेर वार्षिक ९ करोड २ लाख ८० हजार दिइँदै आएको थियो । पछिल्लो १ वर्ष यसको रेट बढाएर १९ करोड पुर्‍याइएको थियो । 

सडक भएर पूर्वतर्फ दैनिक ४ हजार १५ र पश्चिमतर्फ ३ हजार ३ सय २२ गाडीहरू आउने जाने गर्छन् । ‘दस्तुर संकलन गर्न छाडेपछि कार्यालयमा बाटो मर्मत नभएर दुर्घटना बढे भनेर फोनहरू आउन थालेका छन् । अब सडक निर्माण कम्पनी त्यसप्रति सचेत हुनुपर्छ,’ बस्नेतले थपे । 

बुटवल–नारायणगढ पश्चिम सेक्टरका योजना प्रमुख सुरेश न्यौपानेले आफूहरूको टीम सडक मर्मतका लागि तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो टीम मर्मतका लागि २४ सै घण्टा तयार छ । बाटो बिग्रेको अवस्थामा तुरुन्त त्यहाँ पुगेर काम गर्छ,’ उनले भने ।

योजनाले मर्मतका लागि छट्टै एउटा टीम पनि खडा गरेको छ । २०५६ सालदेखि २०७५ सम्म ठूला गाडीको ४०, साना तथा मझौलाको २० र मोटरसाइकलको ५ रुपैयाँ लिइँदै आएपनि यस वर्षदेखि बढाएर ठूला गाडीको १३०, साना गाडीको ६० र मोटरसाइकलको १० रुपैयाँ कायम गरिएको थियो । किन यति धेरै प्रतिशत दस्तुर बढाइएको हो भन्ने प्रश्नमा सिंहले भने, ‘हामीले २० वर्षसम्म एउटै दस्तुर राख्यौं । २० वर्षमा कति महंगी बढ्यो तपाईं आफैं भन्नुहोस् । यो दस्तुर धेरै होइन ।’ 

सडक बोर्ड नेपालले दस्तुरबाट ठेक्का बापतको रकम सबै मर्मतमा खर्च गर्ने गर्छ । कर उठाउन हटाएपनि सडक विस्तार अझै शुरू हुन सकेको छैन । गएको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए ।

निर्माण भएको ५७ वर्षपछि सडक विस्तार गर्ने अभियान शुरू नै हुन नसक्दा अहिले तोकिएको समय ३ वर्षभित्र निर्माण पूरा हुनेमा आशंका उब्जिन थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x