×

NMB BANK
NIC ASIA

बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा विसं २०३४ सालमा रमाइलो मेला लागेको थियो । मेला भर्न विभिन्न ठाउँबाट हजारौं मानिसहरू आएका थिए ।

Muktinath Bank

त्यतिबेला बुटवलका प्रतिष्ठित व्यक्ति द्वारिका उदय र भगवानदासले सिनेमा देखाउँदै थिए । सिनेमा हेर्न मानिसहरूको भीड लागेको थियो । मेलामा द्धारिकाका छोरा प्रदीपकुमार उदयले पनि सोही दिन पहिलोपटक सिनेमा हेरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको एक वर्षपछि प्रदीपकुमार उदयका बाबु द्धारिकाले बुटवलमा सिनेमा घर (चलचित्र मन्दिर) बनाउने योजना बनाए । आजभन्दा ४१ वर्ष अगाडि द्धारिकाले ड्रमहरू काटेर पाता र बाँसले बारेर सिनेमा घर बनाए । भित्तामा कपडाको पर्दा हाले अनि त्रिपालले छानो छाए । बस्नका लागि पराल बिच्छ्याए । त्यस्तो फिल्म हल तयार भएपछि कक्षा ८ मा पढ्दै गरेका प्रदीपले पहिलोपटक चलचित्रको टिकट बिक्री गरे ।


Advertisment
Nabil box
Kumari

चलचित्र हेर्नेहरूको भीड लाग्न थाल्यो । द्धारिकाले बुटवलमा चलचित्र हल बनाएपछि व्यावसायिक रूपमै चलचित्र क्षेत्रमा लागे । त्यसको ९ वर्षपछि (२०४५ साल) बुटवलमा व्यवस्थित र त्यो समयकै सुविधासम्पन्न बुटवल चलचित्र मन्दिर बन्यो । प्रदीप सम्झिन्छन्, ‘दर्शकको भीड थामिसक्नु हुन्थेन । पाल्पा, गुल्मी, स्याङ्जादेखि कृष्णनगरसम्मका मानिसहरू फिल्म हेर्न बुटवल आउँथे ।’

Vianet communication

त्यो बेला नेपाली हिन्दी दुवै फिल्म हलमा चल्थे । त्यसपछि द्धारिकाले विसं २०४८ सालमा कपिलवस्तुको कृष्णनगर र २०५० मा नवलपरासीको सुनवलमा पनि चलचित्र हल निर्माण गरी तीन जिल्लाबासीहरूलाई सिने क्षेत्रको स्वाद चखाए । दुई/तीन वर्ष चलचित्र हलहरूले राम्रो पैसा पनि कमाए । नेपाली र हिन्दी दुवै चलचित्रहरू पनि राम्रोसँगै चले । मुलुकमा द्वन्द्व शुरू भयो । त्यसपछिका चलचित्र हलहरूको व्यापार ठप्प जस्तै भयो ।

द्वारिकाले साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा चलचित्र मन्दिर सञ्चालन गर्ने योजना द्वन्द्वका कारण त्यो योजना उदयको अगाडि बढ्ने । प्रतिष्ठित व्यक्ति द्वारिका विसं २०५९ सालमा आफ्नै घरबाट सम्पर्कविहीन भए । सबैतिर खोजी गर्दा पनि अहिलेसम्म पनि उनी फेला परेनन् । प्रदीपको बुवा सम्पर्कविहीन भएपछि सिनेमा हलहरूले राम्रो व्यापार पनि सकेनन् । द्धारिकाले बनाएका तीन वटा चलचित्र घर पनि बिक्री गरियो । बुवाको क्षेत्रलाई सहयोग/काम गर्दै आएका प्रदीपले पनि सोही क्षेत्र अंगाले । उनी अहिले सफल चलचित्र निर्माता, सञ्चार उद्यमी, समाजसेवी तथा राजनीतिज्ञ पनि बनेका छन् । उनी भन्छन्, ‘विभिन्न उतारचढावकाबीच सिने क्षेत्रमा लागियो ।’

चलचित्र निर्माताका रूपमा चिनिने उनी नेपाल चलचित्र संघको केन्द्रीय अध्यक्ष हुन् । २०४५ सालमा चलचित्र 'चेलिबेटी' बनाएका अध्यक्ष उदय अहिले चलचित्र क्षेत्रको निर्माता, वितरक हुँदै केन्द्रीय अध्यक्षमा पुगेका हुन् ।

उनका लागि यो अवसर र चुनौती दुवै थियो । उनका बाबु द्धारिकाले पनि फिल्म बनाउँथे । 'बाबाको प्रेरणाले नै म यो क्षेत्रमा आएँ,' प्रदीपले भने, ‘बाबाको व्यवसाय अहिले मैले अंगालेँ । यो क्षेत्रका काम गरेँ । रमाएको छु । सन्तुष्ट पनि छु । सिने क्षेत्र मेरो इच्छा हो ।’

उनले हालसम्म १२ वटा चलचित्र निर्माण गरिसकेका छन् । चेलिबेटी, अल्पविराम, कहीँ मिलन, कहीँ बिछोड, पहिलो पहिलो माया, हाम्रो माया जुनी जुनीलाई, मालतीको भट्टी, मञ्जरी, नमस्ते नेपाल, अर्धकट्टी, संरक्षण र नेवारी लाखे मञ्जु उनले निर्माण गरेका चलचित्र हुन् । उनले निर्माण गरेका चलचित्रमध्ये ६ वटाले दर्शकको मन जिते । उनको अहिले नेवाली लाखे मञ्जु चलचित्र प्रदर्शनको तयारीमा छ । उनले फिल्म बुवाको सम्झनामा द्धारिका उदय प्रोडक्सनबाट बनाउँछन् । बुटवलमा जन्मिएका ५१ वर्षिया उदय अहिले मुलककै सिने क्षेत्रको नेतृत्वमा छन् ।

उनी भन्छन्, ‘पछिल्लो समय केही वर्ष यताको चलचित्र उद्योगको व्यापार हेर्ने हो थुप्रै निर्माताहरूको लगानी डुबेको छ । म पनि त्यही मध्येको हुँ ।’ सिने क्षेत्रमा ठूलो लगानीसँगै जोखिमहरू पनि छन् । राम्रो कथा भएको चलचित्रहरूले २० करोडसम्म कमाएका पनि छन् । राम्रा चलचित्र बनाउने अभियान चलाउनुपर्ने उनको भनाइ छ ।

उनले बुटवलमा द्धारिका उदय सिने हल निर्माण गरेका छन् । मल्टिप्लेक्स फेजको  हल हो । बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुदृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएको उदय बताउँछन् । सुनसरीको इटहरीमा पनि इलाइट मल्टिप्लेस उदयले नै सञ्चालनमा ल्याएका छन् । उनले अहिले धेरै समय बुटवललाई दिन्छन् । पछिल्ला वर्ष नेपालमा वर्षमा एक सय भन्दा बढी चलचित्र बन्ने गर्छन् । तीमध्ये आधा दर्जन जतिले मात्र लगानी उठाउन सकेका छन् । अझ भनौं दर्शकको मन जित्न सफल भएका छन् । अधिकांश फिल्मलाई दर्शकले झुर भनेर हल पस्दैनन् । उदय भन्छन्, ‘नेपालको सिने उद्योगका अर्बौ रुपैयाँ डुबेको छ । अब चलचित्र कम बन्नुपर्छ । गुणस्तरीय बन्नुपर्छ ।’

उनी थप्छन्, 'रहर र प्रलोभनमा परेर पनि धेरै निर्माताहरूले सिने क्षेत्रमा लगानी डुबाइरहेका छन् । फिल्म क्षेत्रमा नबुझी प्रवेश गर्दा धेरैले छोटो समयमै यस क्षेत्रबाट हात धोएर बाहिरिएका पनि छन् ।

दर्शक हलसम्म आउन चलचित्र राम्रो बन्नुपर्ने उनको भनाइ छ ।  'हलहरू पनि स्तरीय हुनुपर्छ । पछिल्लो समय चलचित्र हलहरूको स्तरवृद्धि हुँदै आएको छ । यो सकारात्मक पक्ष हो, ’ उदयले भने ।

चलचित्र क्षेत्रमा अहिले गुणस्तर घट्दो छ तर पनि बन्ने क्रम बढ्दो छ । 'छक्कापञ्जा'देखि 'छ माया छपक्कै'जस्ता दर्शकले मन जित्ने चलचित्र बन्न सके नेपालको सिने बजार कमजोर देखिँदैन । फिल्ममा प्राविधिक र कलाकारको पारिश्रमिक बढिरहेको छ ।

उनी सिने क्षेत्रमा मात्रै होइन मिडियादेखि राजनीतिमा पनि नेतृत्व तहसम्म पुगेका छन् । उनी राप्रपा नेपालको प्रदेश पाँचको अध्यक्ष समेत हुन् । त्यस्तै उनले झापाको दमकमा स्टार, धरानमा रुस्लान एफएमसमेत सञ्चालनमा ल्याएका छन् । उनी भन्छन्, 'बुटवलमा द्धारिका एफएम पनि सञ्चालनमा आउँदै छ ।' उनी बुटवलको बुद्ध सामुदायिक टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् ।

उनले अन्तिममा भने, ‘सिने क्षेत्रसँगै सञ्चार क्षेत्रमा पनि हात हालेको छु । यो क्षेत्रलाई पनि अगाडि बढाउँछु ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x