पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडौँ, २० कात्तिक - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन् । निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन्, गोरखापत्रमा खबर छ ।
सबैभन्दा कम मतदाता मनाङमा छन् । यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२
मतदाता छन् ।
काठमाडौँमा दस निर्वाचन क्षेत्र छन् । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन् । दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन् । भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन् ।
झापामा चार लाख पाँच हजार २३६ मतदाता छन् । सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन् । झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन् । तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन् ।
प्रदेश २ का सबै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् । जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् । धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन् । आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन् ।
सबैभन्दा कम मतदाता मनाङमा छन् । मनाङमा पाँच हजार ८८१ मतदाता छन् । मुस्ताङमा नौ हजार ४२७ मतदाता छन् । मनाङ र मुस्ताङ दुवैमा प्रतिनिधिसभामा एक÷एक र प्रदेशसभामा दुई÷दुई क्षेत्र छन् । रुकुम पूर्वमा २७ हजार ९२८ मतादात छन् । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ मतदाता छन् । हुम्ला, जुम्ला, मुगु, जाजरकोट, कालीकोट लगायतका जिल्लामा मतदाता एक लाखभन्दा कम छन् । सबै जिल्लामा एक÷एक
निर्वाचन क्षेत्र छन् ।
प्रदेश ७ का तीन जिल्ला बाजुरा, डडेलधुरा र दार्चुलामा मतदाता एक लाखभन्दा कम छन् । बाजुरामा ६९ हजार ८३४, डडेलधुरामा एक हजार ३७५ र दार्चुलामा सात हजार ५१३ मतदाता छन् ।
प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश ३ मा छन् । प्रदेश ३ मा ३० लाख ७४ हजार ३८४ मतदाता छन् र सबैभन्दा कम मतदाता प्रदेश ६ मा छन् । प्रदेश ६ मा आठ लाख ४६ हजार ९४१ मतदाता छन् । प्रदेश १ मा २९ लाख ९३ हजार ७७४ मतदाता छन् । प्रदेश २ मा २७ लाख ६७ हजार ३७५ मतदाता छन् । प्रदेश २ मा प्रतिनिधिसभामा ३२ निर्वाचन क्षेत्र छन् ।
निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार प्रदेश ४ मा १५ लाख ६८ हजार ९२४ मतदाता छन् । प्रदेश ५ मा २७ लाख ४० हजार ८६४ मतदाता छन् । प्रदेश ७ मा १४ लाख ३५ हजार ६७३ मतदाता छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...