×

NMB BANK
NIC ASIA

बागलुङका पाँच रणनीतिक सडकमा १० करोड

माघ २८, २०७६

NTC
फाइल फोटो।
Premier Steels

बागलुङ जिल्लाका पाँच ठूला रणनीतिक सडकमा १० करोड बजेट विनियोजन भएको छ।
 बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका पाँच सडकका लागि  एक–एक करोड गरी रु पाँच करोड बजेट विनियोजन भएकोमा जनताको मागलाई सम्बोधन गर्दै प्रत्येक सडकलाई  दुई–दुई करोड बजेट थप विनियोजन भएको हो। 

Muktinath Bank

ठूला सडकमा एक करोडले काम गर्दा बजेटको अपुग हुने भन्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा बजेट थपको पहलपछि १० करोड बजेट थप भएर आएको सांसद डा सूर्य पाठकले जानकारी दिए। ‘हामीले आगामी पाँच वर्षभित्रमा बागलुङ क्षेत्र नम्बर १ का पाँच सडकलाई कालोपत्रे सम्पन्न गरिसक्ने योजनाअनुसार लागि परेको छौँ,’ पाठकले भने, ‘त्यसैले बजेट थप भएर आएको छ, बजेटले सडकको स्तरोन्नति र कालोपत्रे गर्न थाल्नेछौँ।’ बजेट थप भएर आएसँगै पाँच सडकलाई  तीन–तीन करोड बजेट पुगेको छ।  एक करोडले रणनीतिक सडकमा काम गर्दा परिणाम नआउने भएका कारण बजेट थपका लागि मन्त्रालयमा निरन्तर पहल थालेपछि बजेट थप गरिएको हो। बजेट विनियोज भएर आएसँगै ठेक्कामार्फत सडक निर्माणको काम थालिनेछ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङ क्षेत्र नम्बर १ का पाँच रणनीतिक सडक र एक निर्वाचन क्षेत्र एक सडक गरी छ वटा सडकमा केन्द्रीय सरकारले लगानी गर्दै आइरहेको छ। रणनीतिक सडकमा मध्यपहाडीको लोकमार्गस्थित अछेते हुँदै काठेखोला गाउँपालिकाको भीमापोखरादेखि म्याग्दी जोड्ने सडक, गलुवादेखि भकुण्डे पुग्ने सडक, मालढुङ्गादेखि कुस्मिशेरा हुँदै बरेङ शान्तिपुर सडक, मालढुङ्गा हुँदै पाग्जा, पैयुपाँटा अमलाचौरदेखि कुश्मीसेरा सडक र कैयादेखि कालीगण्डकी करिडोर हुँदै बलेवा भैरवस्थान सडक रहेका छन्। उक्त सडकको स्तरोन्नति, पक्की नाली तथा पूर्वाधार तयारसँगै कालोपत्रेका लागि शुरुआत गरिने जनाइएको छ। 


Advertisment
Nabil box
Kumari

एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै बरेङ शान्तिपुरसम्मको सडक छनोट भएको छ। सो सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरी बहु–वर्षीयरुपमा बजेट विनियोजन गरी सडक निर्माण हुनेछ। छोटा तथा ग्रामीण सडकमा गण्डकी प्रदेश तथा स्थानीय तहले लगानीसमेत गर्दै आएको छ। 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x