अख्तियारले भन्यो-८६ अर्बका साढे ११ सय रुग्ण आयोजना अलपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  १ हजार १ सय ५३ रुग्ण आयोजना अलपत्र अवस्थामा रहेको जनाएको छ। 

अख्तियारले गरेको अध्ययनमा ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरका १ हजार १ सय ५३ ठेक्का अलपत्र रहेको जनाएको हो।


Advertisement

अख्तियारले गत वर्ष गरेको अध्ययनमा ११८.०१ अर्ब बराबरका १ हजार ८ सय ४८ वटा ठेक्का सम्झौता बमोजिम समयमा काम नभएको पाइएको थियो।

तर, हाल आएर तीमध्ये ६ सय १८ वटा ठेक्काको  निर्माण सम्पन्न भएको छ। २८  ठेक्का सम्झौता तोडिएको छ।


Advertisement

अख्तियारका अनुसार क्रमागत रहेकामध्ये ४९ ठेक्काको मात्र म्याद थप भएको छ, बाँकी ११ सय ५३ वटा क्रमागत देखिएका ठेक्काको हालसम्म पनि म्याद थप भएको छैन।
अख्तियारले सरकारलाई २७बुँदे सुझाव समेत दिएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्