माधव नेपाल र बाबुराम भट्टराई मुछिएको रिट प्रधानन्यायाधीशको इजलासमा

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा त्रुटिपूर्ण रहेको भन्दै सर्वाेच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ शुक्रवारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा ३ नम्बर क्रममा राखिएको छ ।


Advertisement

रिटमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि समेत जग्गा प्रकरणको मुद्दा चलाउनुपर्ने माग गरिएको छ । अख्तियारले मन्त्रिपरिषद्को निर्णय भन्दै प्रधानमन्त्रीद्वयलाई मुद्दाबाट उन्मुक्ति दिएको थियो ।

जग्गा प्रकरणमा अख्तियारले माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्व मन्त्री, पूर्व सचिव र विभिन्न ओहोदाका कर्मचारीमाथि मुद्दा चलाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्