भृकुटीमण्डपमा शुरू भयो क्यान इन्फोटेक मेला

फाइल फोटो

कम्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वल्र्डलिङ्क’ आजदेखि शुरू भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिए ।


Advertisement

यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् ।  सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।

यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेसन एक्स्पोजर रहनेछ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् ।


Advertisement

रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ ।

विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ ।

मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुसन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्