सभामुखको सञ्चारविज्ञमा श्रीधर न्यौपाने नियुक्त

सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् ।

सभामुख सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकका न्यौपाने डेढ दशकयता पत्रकारितामा क्रियाशील छन् ।


Advertisement

२०५८ सालमा कामना प्रकाशन समूहबाट पत्रकारिता शुरू गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ ।

पछिल्लो समय उनी सामुदायिक रेडियोहरूको छाता संगठन अकोराबमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्