पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
प्रधानमन्त्री ओलीले आफ्नो २ वर्षे शासनकाल निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् । सरकारका प्रवक्ता (सञ्चार तथा सूचना प्रविधि मन्त्री) गोकुलप्रसाद बाँस्कोटाले सरकार गठन भएको २ वर्षमा संघीयताको कार्यान्वयन, जल, थल र आकाश कनेक्टिभिटीको स्थापना, विमानस्थल लगायतका राष्ट्रिय महत्त्वका निर्माण कार्यमा द्रूतता आदि कुराहरू प्रस्तुत गरेर प्रधानमन्त्री ओलीको दाबीलाई पुष्टि गर्न थप कसरत गरेका छन् ।
प्रधानमन्त्री ओली र सरकारका प्रवक्ताको भनाइ सतही र आधारहीन रहेको विज्ञहरू बताउँछन् । राजनीतिक वृत्तमा मात्र होइन, जनताले पनि प्रधानमन्त्रीका दाबीलाई उडन्ते गफ भन्न थालेका छन् । यस सन्दर्भमा नेकपाकै पार्टी पंक्तिबाट पनि प्रधानमन्त्री ओलीको आलोचना हुन थालेको छ । असफलतालाई ढाकछोप गर्नुभन्दा वास्तविकता स्वीकार गरेको भए उनीप्रति पार्टीपंक्तिदेखि जन–समुदायसम्मको सहानुभूति रहने थियो भन्ने भनाइ उनीहरूको रहेको छ । यस सन्दर्भमा प्रधानमन्त्री ओलीको २ वर्षे कार्यकाल किन असफल रह्यो अहिले सबै क्षेत्रबाट टिका–टिप्पणी, विश्लेषण र मूल्यांकन हुन थालेको छ ।
प्रधानमन्त्री ओलीको २ वर्षे कार्यकालमा केही हुँदै नभएको भने होइन, गर्न सकिने जति सम्भावना र अवसर थियो त्यो अनुसार धेरै न्यून भयो भन्ने मात्र हो । प्रधानमन्त्री ओलीप्रति जनधारणा यति नकारात्मक बनेको छ कि उनले गरेका केही सकारात्मक कामको पनि जस दिने पक्षमा आमजनता देखिँदैनन् । गत आम निर्वाचनमा प्रधानमन्त्री ओलीप्रति पहाड जस्तो जनसमर्थन र उनले केही गर्दछन् भन्ने जनविश्वास थियो ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक यस्तै जनसमर्थन प्राप्त गरेर बीपी कोइराला प्रधानमन्त्री बनेका थिए भने दोस्रोपल्ट ओली प्रधामन्त्री बनेका थिए । बीपी र ओली दुवै दुईतिहाइ जनसमर्थनमा प्रधानमन्त्री बनेका थिए । बीपीको समयमा प्रतिपक्षी पार्टीहरू अति कमजोर अवस्थामा रहेका थिए भने ओलीको समयमा पनि प्रतिपक्षको स्थिति त्यस्तै छ । फरक के मात्र थियो र छ भने बीपीको समयमा खतराको रूपमा राजा महेन्द्र थिए भने ओलीको समयमा त्यस्तो खतरा पनि थिएन । ओलीका अगाडि चुनौती न्यून, अवसर अपार थिए भन्दा अतिशयोक्ति हुँदैन ।
सफलताको सम्भावनै सम्भावना बीचमा रहेका ओलीको अगाडि थोरै गर्दापनि धेरै देखिने अवस्था थियो । थोरै पनि गर्न नसकेका ओलीले आफ्नो असफलता ढाकछोप गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्री ओलीले आफ्ना कमजोरीलाई लुकाउन गर्ने कसरतलाई आम जनताले ‘नाँच्न नजान्नेका लागि आँगन टेडो’ भन्ने आरोप लगाउन थालेका छन् । प्रचुर अवसर र सम्भावना हुँदाहुँदै ओली किन यसरी असफल भए ? यो प्रश्न आमजिज्ञासाको विषय बनेको छ । प्रधानमन्त्री ओलीको व्यक्तित्व शिखरमा पुगेको भारतीय सत्ताद्वारा लगाइएको अमानवीय नाकाबन्दीमा उनले निभाएको भूमिका नै हो । उनी त्यतिबेला राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको पक्षमा पहाड झैं खडा भएका थिए । नाकाबन्दीका समयमा नेपाली जनतामा जागेको अभूतपूर्व राष्ट्रियता र देशभक्तिपूर्ण भावनालाई प्रधानमन्त्री ओलीले वाणी र नेतृत्व दिएकाले नै उनको पक्षमा अपाररूपमा जनसमर्थन जुटेको थियो ।
यसरी जनसमर्थन प्राप्त गरेका ओलीसँग जनताको ठूलाठूला अपेक्षा थिए, र रहनु पनि स्वभाविक नै थियो । जनअपेक्षा पूरा गर्न तत्कालीन, दीर्घकालीन, प्राथमिक र सहायक उद्देश्य र योजना निर्धारण गर्नु आवश्यक हुन्थ्यो, तर त्यतातर्फ ओलीको ध्यानै जान सकेन । राष्ट्रिय आवश्यकता र जनताका चाहना बुझ्ने भन्दा उडन्ते र हावादारी गफमा प्रधानमन्त्री ओली अल्मलिए, उनका लागि असफलताको पहिलो आधार नै यही बन्यो । जनअपेक्षाको भारी जति गरुङ्गो थियो त्यति बुझ्ने र धान्ने क्षमता उनीसँग थिएन । कति शासकहरू ज्ञान, सीप र क्षमता नभएपनि योग्य, इमान्दार र सक्षम सहयोगीको भरथेगले सफल भएका प्रशस्त उदाहरणहरू छन् । प्रधानमन्त्री ओलीले सहयोगी र सल्लाहकार आफूभन्दा कम ज्ञान, सीप र क्षमताका मात्र होइन, चाटुकार प्रवृत्ति भएकालाई रोजे । यो उनका लागि असफलताको दोस्रो कारण बन्यो ।
एमाले र माओवादी एकताबाट ठूलो र प्रभावकारी राजनीतिक शक्ति नेकपा निर्माण भएको थियो । नेकपाका नेतादेखि कार्यकर्ताहरूलाई विश्वासमा लिएर अघि बढेका भए प्रधामन्त्री ओलीले उल्लेखनीय सफलता हाँसिल गर्न सक्दथे । तर आफू सरहका नेता र आफ्नो गुटइतरका नेता, कार्यकर्तालाई बेवास्ता गर्ने मात्र होइन किनारा लगाउने, पार्टी पद्धतिलाई भत्काएर आफूमा शक्ति केन्द्रित गर्ने अति महत्वाकांक्षाबाट उनी अन्तरपार्टी द्वन्द्वमा नराम्ररी फसे । यसरी अन्तरपार्टी द्वन्द्वमा फसेका ओली जनतासँगको जीवन्त सम्बन्धबाट अलग–थलग हुन पुगे । गुटको बलमा पार्टी र सरकार दुवैमा एकाधिकार स्थापित गर्ने महत्त्वाकांक्षाले उनलाई दुवै मोर्चा (सरकार र पार्टी) मा असफल बनाएको हो ।
नाकाबन्दीताका प्रधानमन्त्री ओलीको छवी राष्ट्रवादी र देशभक्त बनेको थियो । त्यही छवीले उनलाई आम निर्वाचनमा ठूलो जनसमर्थन प्राप्त भएको थियो । तर प्रधानमन्त्री बनेको केही समयपछि नै भारतीय सत्ताको अगाडि आत्मसमर्पण र चाकडी गर्न थालेपछि ओलीको छवी नराम्ररी धुमिल भयो ।
नेपाली धर्म, संस्कृतिलाई समाप्त गर्न अघि सारिएको तथाकथित होली वाइन, सार्कलाई विघटन गर्न ल्याइएको बिमस्टेक, नेपाललाई अफगानिस्तान संस्करणमा रूपान्तरित गर्न ल्याएको अमेरिकी इन्डो प्यासिफिक स्ट्राटेजी र मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई नाङ्गो रूपमा काँधमा बोकेर हिँड्ने दुस्प्रयासबाट उनी अन्तर्राष्ट्रिय षडयन्त्रकारीको मतियार बन्न पुगे । विवादस्पद उनका यस्ता कसरतबाट छिमेकी मूलुकसँगको सम्बन्ध मात्र होइन, देशको स्वतन्त्रता र स्वाधीनतासँग प्रत्यक्ष जोडिएको असंलग्न परराष्ट्र नीति पनि नराम्ररी धरापमा पर्यो । असन्तुलित विदेश नीति अवलम्बन गर्दा ओलीको राजनीतिक यात्रामा नराम्ररी धक्का लाग्यो । उनको असफलताको यो उल्लेखनीय कारण बन्यो ।
प्रधानमन्त्री ओलीको उल्लेखनीय सम्पत्ति भ्रष्टाचारविरोधी छवी थियो । छोराछोरीविहीन उनले केही गर्न नसके पनि भ्रष्टाचार गर्दैनन् भन्ने बलियो जनविश्वास थियो । यसअघि सत्तामा पुग्दा बचेर छिपेर दाँयाबाँया गर्ने गरे पनि आमजनताको नजरमा उनको छवी स्वच्छ नै थियो । वाइडबडी र न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री ओलीको नाम पनि मुछियो । यो प्रकरणमा आफू संलग्न नरहेको सफाइ दिनुको बदला ढाकछोप गर्ने कसरतबाट उनको भ्रष्टाचारविरोधी छवी नराम्ररी धुमलियो । त्यसपछि एनसेल, फोरजी, सेक्युरिटी प्रेस, नेपाली मिनी स्याटेलाइट र यति होल्डिङ्स भ्रष्टाचार प्रकरणले त उनको बँचेखुचेको छवी पनि समाप्त भयो । यसरी छवी बिग्रिएका ओलीले राम्रो गरेको काम पनि नराम्रो देख्ने जनधारणा बनेको अवस्थामा ओली असफलताको दलदलमा फस्नु स्वभाविक थियो ।
२ वर्षे कार्यकालमा यसरी असफल भएका प्रधानमन्त्री ओली भावी दिनमा सफल हुने सम्भावना ज्यादै न्यून हुँदै गएको छ । प्रधानमन्त्री ओलीले गरेका उपलब्धिमूलक कार्यहरू पनि असफलताका फोहोरमैलाले नदेखिने गरी छोपिदिएका छन् । यो स्थितिलाई चिर्दै अघि बढ्न युद्धस्तरमा निकै मेहेनत गर्नुपर्ने हुन्छ । अशक्त बिरामी उनले सक्रियतापूर्वक असफलतालाई सफलतामा रूपान्तरण गर्न प्रायः असम्भव छ । ओलीको अशक्तताबाट अनुचित लाभ लिइरहेका स्वार्थी तत्वहरूबाट सकारात्मक सहयोग हुने सम्भावना छैन । उनीहरूले प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर निहीत स्वार्थ पूरा गरिरहेकाले उनको असफलताको ग्राफ झन् बढेर जाने घटनाक्रम विकसित हुँदै गएका छन् । प्रधानमन्त्री ओलीलाई घेरेर बसेकाहरू कुनै हालतमा पनि उनलाई उपचारका लागि आराम गर्न दिने पक्षमा छैनन् ।
प्रधानमन्त्री ओली पनि त्यही मनस्थितिमा देखिन्छन् । काम पनि गर्न नसक्ने पद पनि नछाड्ने ओली प्रवृत्तिले देशलाई अझ संकटग्रस्त बनाउने सम्भावना बढ्दो छ । यसरी अकर्मण्यता र असफलतामा फसेका प्रधानमन्त्री ओली देशको स्वतन्त्रता र स्वाधीनतामा नै गम्भीर आघात पुर्याउने अमेरिकी एमसीसीबाट सहयोग लिन ज्यान छाडेर लागि परेका छन् । यो एमसीसी प्रकरणले ओली र जनताबीचको द्वन्द्व र दूरी निकै बढेको छ । ओलीका यस्ता अदूरदर्शी चिन्तन र व्यवहारले राष्ट्रिय राजनीतिमा अस्वभाविक संकट थपिने निश्चित छ । यसरी असफलताको दलदलमा फसेका ओलीलाई नेकपाले उद्दार गर्न सकेन भने उनले आफूसँगै नेकपा मात्र होइन सिंगो देशलाई नै अपुरणीय र अभूतपूर्व क्षति पुर्याउने खतरा छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...